८ वैशाख २०८१ शनिबार
समाज

घर भत्किदा वृद्धको मृत्यु

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेको थालडाँडामा घर भत्किदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८५ वर्षीय कप्तान तामाङ रहेका छन्।

तामाङ भूकम्पले चर्काएको घरको भुइतलामा सुतेका थिए। बुधबार बिहान २ः३० बजेको समयमा घर भत्किदा तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घरको भुइतलामा नै सुतेका तामाङको ५२ वर्षीय छोरा शुक्रबहादुर तामाङको खुट्टामा चोट लागेको प्रहरी चौकी झिल्टुङले जनाएको छ।

परिवार श्रोतको अनुसार घर भत्किदा ३ वटा बाख्रा समेत मरेको छ। भूकम्पले घरमा क्षति पुर्याएपछि पुनर्निर्माणको काम भइरहेको छ। घर बनिनसकेको हुँदा परिवारको अन्य सदस्य टहरोमा नै बस्दै आएका छन्।  परिवार श्रोतको अनुसार मृतक तामाङ दुःख गरी बनाएको घर भन्दै मरे पनि पुरानै घरमा मर्ने भनेर भुकम्पले क्षति पुराएको घरमा नै बस्दै आएका थिए।

प्रकाशित: २३ माघ २०७५ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App