coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ठुलो परिमाणको बोइलर कुखुरा बरामद

प्रहरी चौकी राधापुर बाँकेले बरामद गरेको प्रतिबन्धित भारतीय बोइलर कुखुरा । तस्बिर : नागरिक

नेपालगन्ज – ठुलो परिमाणको प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेमा बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब डेढ क्वीन्टल कुखुरालाई प्रहरी चौकी राधापुरले खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाबाट बुधबार बिहानपख बरामद गरेको हो।

तस्करले कुखुरा बोक्न प्रयोग गरेको भे७प २८४३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरी चौकी राधापुरका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक जंगबहादुर एमसीले जानकारी दिए। बरामद गरिएको कुखुरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाइएको उनले बताए। कुखुरा ओसार्न संलग्न टोपबहादुर राना फरार रहेको प्रहरीले जनाएको छ।

‘बिहान पख गस्तीमा हिँडेको बेला भारतबाट कुखुरा ल्याएर आउँदै रहेछन्, हामीलाई देख्ने वित्तिकै मोटरसाइकल पल्टाएर भागिहाल्यो,’ एमसीले भने, ‘फरार व्यक्ति पेशेवर हो, यसअघि पनि बोइलर कुखुरा बोकेको उसको मोटरसाइकल हामीले बरामद गरिसकेका छौं।’

स्थानीय बासिन्दाका अनुसार तस्करले त्यस नाकाबाट दिनहुँजसो अवैध रुपमा भारतीय कुखुरा भित्र्याउने गर्छन्। दिनहुँ कुखुरा तस्करी भइरहँदा पनि पशु क्वारेन्टाइन तथा सुरक्षा निकायले चासो नदिएको स्थानीयको आरोप छ। तस्करले दिनहुँजसो ठुलो परिमाणको कुखुरा अवैध रुपमा भित्र्याउने गरेको स्थानीय बासिन्दा बताउँछन्। ‘पैसाको सेटिङ मिल्दासम्म प्रहरीले तस्करलाई छाडिदिन्छ, जब पैसाको कुरा मिल्दैन त्यसपछि मात्र कुखुरा समात्छ,’ एक स्थानीयले भने।  

प्रकाशित: २३ माघ २०७५ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App