८ वैशाख २०८१ शनिबार
अर्थ

महिन्द्रा टु ह्विलर्सको भ्यालेन्टाइन अफर

काठमाडौं – महिन्द्रा टू ह्विलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको अफर ल्याएको छ। 

महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा आठ हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। नेपाली युवायुवतीमाझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको जनाएको छ। 

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रकस्टार, मोजो तथा गस्टो आरएस नेपाली युवामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ। यो योजना सीमित अवधिको लागि लागू गरिएको हो।

कम्पनीले ग्राहकलाई चुस्त सर्भिस तथा स्पेयर पार्टस सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित गरेको छ। चाहिएको बेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकलाई स्पेयर पार्ट्स उपलब्ध गराउन कम्पनीले देशभर विभिन्न स्थानमा आधिकारिक सोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ।

प्रकाशित: २३ माघ २०७५ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App