coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माग २५ बाट नेपाल बिल्डकन

काठमाडौं – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गर्ने एक्स्पोमा तीन सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ। 

मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर, बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने छन्। एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका  नयाँनयाँ प्रविधिको देख्न पाइने छ। एक्स्पोमा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभीसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्री–इन्जिनियरिङ बिल्डिङ आदि राखिने बताइएको छ।

यस प्रदर्शनीले नेपालमा भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले लिएको छ।प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ। प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउने हो। प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा प्रवेश गर्न कुनै शुल्क नलाग्ने जारी विज्ञप्तिमा उल्लेख छ। अघिल्ला एक्स्पोहरु करिब ३० हजारले अवलोकन गरेका थिए। योपटक ५० हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ। 

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ। यो प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण तथा क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर्स तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने छ।  
प्रदर्शनीको मूल उद्देश्य विगतमा झैं नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउने रहेको बताइएको छ।

प्रकाशित: २३ माघ २०७५ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App