coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रावृत्ति

काठमाडौं – भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीहरुका लागि छात्रावृत्ति उपलब्ध गराउने भएको छ। सो विश्वविद्यालयले उच्चशिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीका लागि समान छात्रावृत्तिको व्यवस्था गरेको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्।

‘हाम्रा विश्वविद्यालयमा भर्ना हुने अन्य विद्यार्थीले भारतीय मुद्रमा तिर्ने रकम नेपाली विद्यार्थीले सोही रकम नेपाली मुद्रामा तिरे पुग्छ। जस्तै चार वर्षे स्नातक कोर्स १० लाख भारतीय रुपियाँ लाग्छ भने नेपाली विद्यार्थीले १० लाख नेपाली रुपियाँ तिरे पुग्छ,’ उपकुलपति सिंहले भने। सबै विषयहरुमा स्नातकदेखि विद्यावारिधिसम्म अध्यापन गराइने यस निजी विश्वविद्यालयले उच्च शिक्षामा भारत सरकारको नेसनल इजुकेसन एक्सिलेन्स अवार्ड प्राप्त गरिसकेको छ।

प्रकाशित: २३ माघ २०७५ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App