coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

काठमाडौं – संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको छ।

संसद् सचिवालयको सिफारिस चाहिने भए पनि कतिपय सांसदले सिफारिसबिना नै रातो पासपोर्ट लिएका छन्। कतिपयले परराष्ट्रले मागेको विवरणबिना नै रातो पासपोर्ट लिएका छन्। प्रतिनिधिसभामा कुल २ सय ७५ र राष्ट्रियसभामा ५९ जना सांसद छन्। गत साल २०७४ को चैत २३ पछि कडाइ गरेपछि रातो पासपोर्टमा केही नियन्त्रण भएको परराष्ट्र मन्त्रालयलको दाबी छ।

मन्त्रालयले सांसदको कूटनीतिक राहदानीका लागि सांसदको नाम, कार्यक्रमको नाम, भ्रमण गर्ने मुलुक, बाटोमा पर्ने मुलुक, कार्यक्रमको अवधि, अवकाश हुने–पदावधि उल्लेख गरेर संसद् सचिवालयले सिफारिस गरी राहदानी विभागमा पठाउनुपर्ने नियम बनाएको थियो।

मन्त्रालयले २०७४ फागुन ३० मा जारी गरेको पत्रबमोजिम विवरण नपठाई संसदीय दलको सिफारिस र उम्मेदवारको निवेदनका आधारमा संसद् सचिवालयले सिफारिस पठाउने गरेको थियो। तर परराष्ट्रले चैत २३ देखि संसदीय दलको सिफिारिस र उमेदवारको निवेदनबाट मात्रै राहदानी दिन रोकेपछि भने संसद् सचिवालयले विवरण भरेर पठाउन थालेको हो।

सरकारकी कामबाहेक अन्य प्रयोजनका लागि गत चैत २३ देखि परराष्ट्रले कुनै सांसदलाई पनि रातो पासपोर्ट जारी नगरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनले भने, ‘सांसदज्यूहरू रातो पासपोर्ट हाम्रो अधिकार हो, सजिलै पाउनुपर्छ भन्दै आउनुहुन्छ, तर त्यो अधिकार हैन। उहाँहरूलाई दिएको सुविधा मात्रै हो त्यसैले संसद्ले पनि विवरण भर्नुपर्दछ।’

रातो पासपोर्ट लिने सांसदमा प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टीका ७५, नेपाली कांग्रेसका २८, राष्ट्रिय जनता पार्टीका ११, संघीय समाजवादी फोरमका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र राष्ट्रिय जनमोर्चा १ गरी १ सय २६ जना रहेका छन्। यसैगरी राष्ट्रियसभाका रातो पासपोर्ट लिने २५ जना सांसदमध्ये नेकपाका १२ जना, कांग्रेसका १०, रापजका १, संंघीय समाजवादी पार्टीका २ जना रहेका छन्।

संवैधानिक निकाय वा मन्त्रालयबाट लेखि आएमा परराष्ट्र मन्त्रालयले विनादस्तुर रातो पासपोर्ट उपलब्ध गराउँदै आएको छ। जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, संघीय संसद् र प्रदेशसभाका सांसद, महानगरपालिकाको मेयर, जिल्ला समन्वय समितिका प्रमुखलगायत रहेका छन्। राष्ट्रियसभाकी सदस्य धनकुमारी खतिवडाले आफूले संसद सचिवालयबाट लगेको सिफारिसले परराष्ट्र मन्त्रालयले रातो पासपोर्ट नदिएको बताइन्। सरकारी निम्तो भएमा मात्रै रातो पासपोर्ट दिने भन्दै फर्काउँदा आपूmलाई नमठिो लागेको भन्दै रातो पासपोर्ट सांसदको अधिकारको कुरा भएको दाबी गरिन्।

नेकपाका अर्का सांसद लीलानाथ श्रेष्ठले व्यक्तिगतरूपमा चीन भ्रमणका लागि जाने भनेर संसद्बाट सिफारिस लिए पनि भ्रमण रद्द भएका कारण रातो पासपोर्ट नबनाएको बताए। उनले भने, ‘रातो पासपोर्टको सिफारिस छ, अब कुनै देशमा जानुपरेमा तुरुन्तै बनाइहाल्छु।’ राहदानी नियमावली (तेस्रो संशोधन) २०७२ ले कूटनीतिक राहदानीको नियम १२ मा सरकारी कामकाजको सिलसिलामा विदेश भ्रमण जाने नियमले पाउने पदाधिकारीलाई सम्बन्धित ठाउँबाट सिफारिस आएमा कूटनीतिक राहदानी जारी गर्न सकिने उल्लेख छ। सांसदको कूटनीतिक राहदानी ५ वर्षका लागि दिइएको छ।

क–कसले लिए

नेकपाका जगतबहादुर सुनार, रामवीर मानन्धर, शान्त चौधरी, जनार्दन शर्मा, तुलसी थापा, राजेन्द्रप्रसाद गौतम, नेकाका विनोदकुमार चौधरी, उमाकान्त चौधरी, संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव छन्। राहदानी विभागको पहिलोपत्र आउनुअघि अर्थात् फागुन ३० अघि राहदानी लिने सांसदमा नेकपाका घनश्याम खतिवडा, प्रमुख साह, मीनबहादुर विश्वकर्मा, सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् भने नेपाली कांग्रेसबाट लक्ष्मी परियार, उमा रेग्मी छन्। यस्तै राजपाबाट प्रमोद साह, संघीय समाजवादी फोरमबाट रामबाबु कुमार यादव, इश्तिायाक राई, प्रदीप यादव रहेका छन्।

राहदानी विभागको दोस्रो पत्र आउनुअघि चैत २३ गते अघि राहदानी लिने सांसदमा नेकपाका दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, पार्वत गुरुङ, नरबहादुर धामी, विन्दा पाण्डे, मोहन बानिँया, मोतिलाल दुगड, प्रेमबहादुर आले, अमनलाल मोदी, यज्ञराज सुनुवार, पदम गिरी, गौरधीशंकर चौधरी छन्। नेपाली कांग्रेसका मोहन आचार्य, बालकृष्ण खाँण, गगनकुमार थापा, मीना सुब्बा, महेन्द्रकुमारी लिम्बु, राजेन्द्रकुमार केसी, लालकाजी गुरुङ, सत्यनारायण शर्मा, डिला संग्रौला, मानबहादुर विश्कर्मा छन्। राजपाका निर्जला राउत, शरतसिंह भण्डारी, महन्थ ठाकुर, एकवाल मियाँ, चन्दा चौधरी, राजेन्द्र महतो, महेन्द्रराय यादव, संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तव रहेका छन्।

त्यस्तै राहदानी विभागको दोस्रोपत्र चैत २३ पछि राहदानी लिने सांसदमा नेकपाबाट पूर्णकुमारी सुवेदी, रेखा शर्मा, पम्फा भुषाल, जयपुरी घर्ती, अग्नीप्रसाद सापकोटा, कृष्णप्रसाद दाहाल, मुकुन्द न्यौपाने, गजेन्द्रबहादुर महत, गोमा देवकोटा, जीवनराम श्रेष्ठ, लेखराज भट्ट, कृष्णभक्त पोखरेल, योगेश भट्टराई, सूर्यप्रसाद पाठक, विशाल भट्टराई, शान्तकुमार थारू, ओनसरी घर्ती, कृष्णगोपाल श्रेष्ठ, भूपेन्द्रबहादुर थापा, पार्वतीकुमारी विशुन्के, कृष्णकुमार श्रेष्ठ, भूमिप्रसाद त्रिपाठी, शशी श्रेष्ठ, जयकुमार राई, अमृता थापा, विरोध खतिवडा, लालप्रसाद सावा लिम्वु, मायादेवी न्यौपाने, सरिता न्यौपाने, सरलाकुमारी यादव, देवेन्द्र पौडेल, अन्जना विशंखे, शान्तिमाया तामाङ पाख्रिन, महेश वस्नेत, पाल्देन छेपाङ् गुरुङ, खेमप्रसाद लोहनी, जुलीकुमारी महतो, चुडामणि खड्का, देवप्रसाद गुरुङ, शिवकुमार मण्डल, नवीना लामा, सरिताकुमारी गिरी, सुरेन्द्रकुमार कार्की, शुजिता शाक्य, हरिवोलप्रसाद गजुरेल, भीमबहादुर रावल, खगराज अधिकारी, सुरेशकुमार राई, नन्दलाल रोका क्षेत्री, समिना हुनेन, सुवास नेम्बाङ, कृष्णबहादुर महरा, शिवमाया तुम्बाहाङ्फे रहेका छन्।

त्यस्तै कांग्रेसबाट उमेश श्रेष्ठ, प्रकाश रसाइली (स्नेही), दिलेन्द्रप्रसाद वडु, पार्वता डिसी चौधरी, भीमसेनदास प्रधान, मिनेन्द्रप्रसाद रिजाल, प्रमोदकुमार यादव, सरवत आरा खानम, चित्रलेखा यादव, अतहरकमाल मुसलमान, अमरेशकुमार सिंह, देवप्रसाद तिमल्सिना, किशोरसिंह राठौर, भरतकुमार साह रहेका छन्। राजपाबाट राजकिशोर यादव, अनिलकुमार झा, नरमाया ढकाल, संघीय समाजवादी फोरमबाट हरिनारायणप्रसाद साह रौनियार, सरिता गिरी, राजेन्द्रप्रसाद श्रेष्ठ, रामसहायप्रसाद यादव, लक्ष्मणलाल कर्ण रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय जनमोर्चा दुर्गा पौडेलले राहदानी लिएका छन्।

दलको सिफारिस र निवेदनबाट मात्र रातो पासपोर्ट नपाएका सांसदमा नेकपाबाट लिलानाथ श्रेष्ठ, कृष्णलाल महर्जन, हेमकुमार राई कांग्रेसबाट सञ्जयकुमार गौतम, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरिया र रापजाबाट चन्द्रकान्त चौधरी छन्।

राष्ट्रियसभामा संसद् सचिवालयको सिफारिस नै नलगी राहदानी लिनेमा युवराज खतिवडा, नेकपाका दीनानाथ शर्मा र खिमलाल भट्टराई छन् भने राहदानी विभागकोे दोस्रोपत्र चैत २३ पछि रहदानी लिने सांसदमा नेकपाका बलरामप्रसाद बाँस्कोटा, रामचन्द्र राई, रामनारायण बिडारी, गणेशप्रसाद तिमल्सिना, सुमनराज प्याकुरेल, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खिमकुमार विक रहेका छन्। नेपाली कांग्रेसबाट अनिता देवकोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, रमेशजंग रायमाझी, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्त, राधेश्याम अधिाकरी, मुक्तकुमारी यादव, सरिता प्रसाई, जितेन्द्रनारायण देव छन् भने राजपाबाट वृशेषचन्द्रलाल संघीय समाजवादी फोरमबाट रामप्रित पासवान, प्रमिला कुमारी रहेका छन्।

दलको सिफारिस र निवेदनबाट रातो पासपोर्ट नपाएका सांसदमा नेकपाका खेमराज नेपाली, राष्ट्रपतिबाट मनोनित विमला राई पौडयाल कांग्रेसकी धनकुमारी खतिवडा रहेका छन्।

औपचारिक भ्रमणमा ११ जना मात्रै
संसद्बाट औपचारिक रूपमा पुस महिनासम्म सभामुख, उपसभामुख, पूर्वसभामुख तथा सांसद गरी ११ जनाले मात्र औपचारिक भ्रमण गरेका छन्। संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार संसद सचिवालयबाट पुससम्मको औपचारिक रूपमा पाँचवटा कार्यक्रममा सभामुख र उपसभामुखसहित ११ जना सांसदले विदेश भ्रमण गरेका छन्। ‘चौथो चीन तिब्बत पर्यटन र सास्कृतिक प्रदर्शनी’मा भाग लिनका लागि ७ सेप्टेम्बरदेखि ११ सेप्टेम्बरसम्मको भ्रमणमा सभामुख कृष्णबहादुर महरा चीन गएका थिए। उनीसँग सांसद शान्तिमाया तामाङ, रंगमती शाही, उमाशंकर अरगरिया, एकवाल मियाँ, दुर्गा पौडेल सहभागी भएका थिए।

यस्तै, ‘महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बेलायत भ्रमण गरेकी थिइन्। सम्मलेन ८ नोभेम्बरमा भएको थियो। ‘दोस्रो युरेसियन महिला फोरम’मा भाग लिनका लागि पूर्वसभामुख ओनसरी घर्ती मगर रुस भ्रमण गरेकी थिइन्। २० सेम्टेम्बरदेखि २१ सेम्टेम्बरसम्म कार्यक्रम थियो। ‘युवामा लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ का लागि सांसद चूडामणि खड्काले काजकिस्तान भ्रमण गरेका थिए। सो सम्मेलन गत १९ देखि २० अक्टुबरसम्म थियो।

यसैगरी, ‘एसियन पार्लियामेन्ट्री एसेम्ली’ (एससीसीएप) को बैठकका लागि राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङ र मुक्ताकुमारी यादवले पाकिस्तान भ्रमण गरेका थिए। गत २९ देखि ३१ अक्टुवरमा ‘एसियन पार्लियामेन्ट्री एसेम्ली’ थियो।

प्रतिनिधिसभामा
नेकपा ७५ जना
नेका २८ जना
राजमा ११ जना
संघीय समाजवादी फोरम १०
राष्ट्रिय प्रजातन्त्रबाट १
राष्ट्रिय जनमोर्चा १
जम्मा १ सय २६

राष्ट्रियसभामा
नेकपाका १२ जना
नेपाली कांग्रेसका १० जना
राष्ट्रिय जनता पार्टी १
संघीय समाजवादी पार्टी २
जम्मा २५

प्रकाशित: २३ माघ २०७५ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App