coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सार्कको प्रगतिमा कस्मिर मुद्दा बाधक : पाकिस्तानी राजदूत

काठमाडौं – नेपालका लागि पाकिस्तानी राजदूत मजहर जादवले जम्मु र कस्मिर विवादका कारण दक्षिण एसियाको प्रगतिमा नराम्रो प्रभाव परेको बताएका छन। 

मंगलवार काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जादवले “दक्षिण एसियाली सहयोग संगठन(सार्क) अगाडी नबढनुमा कस्मिर मुद्दा प्रमुख रहेको बताएका हुन। भारत नियन्त्रित कस्मिरमा दिनहुँ हत्या हिंसा, बलात्कार, अपहरण भइरहेकोले त्यसलाई रोक्न पर्छ ।”

रसियाका लागि पूर्व नेपाली राजदूत एंव कुटनीतिज्ञ हिरण्ड्यलाल श्रेष्ठले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कास्मिर मुद्दामा गरेको संकल्पप्रति भारत जिम्मेवार हुनुपर्ने बताए। साथै उनले भारत नियन्त्रित कस्मिरमा भारतले हत्या, बलात्कार, हपहरण जस्ता अपराध रोक्नपर्नेमा जोड दिए। 

उक्त कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सन्देश समेत सुनाइएको थियो। प्रधानमन्त्री खानको सन्देशमा कस्मिरी जनताको विभत्स हत्या तथा अपहरण हुने गरेकोमा खेद प्रकट गर्दै विगत त्यहाँको जनताको हक अधिकार, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारको लागि सवैले लडनुपर्नेमा जोड दिएका थिए। उक्त कार्यक्रममा पूर्व मन्त्री, पत्रकार, पूर्व कुटनीतिज्ञ, लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। 

नेपालमा मात्र नभई विश्वभरी रहेको पाकिस्तानी दुतावास, नियोग सवैले जम्मु र कास्मिरको जनताको आत्मनिर्णयका लागि फ्रेबअरी ५ का दिन उक्त दिवस मनाइदै आएका छन। मंगलबार पाकिस्तानी दूतावास नेपालले पनि जम्मु र कास्मिरका जनताको हक अधिकार तथा आत्मनिर्णयको पक्षमा एकेबद्धता दिवस मनाएको हो।

प्रकाशित: २२ माघ २०७५ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App