७ वैशाख २०८१ शुक्रबार
समाज

सडकको पैसा लिएर फरार भीमबहादुर बागबजारबाट पक्राउ

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते रकम झिकेर फरार रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सिताराम रिजालका अनुसार २९ लाख तीन हजार पाँच सय २२ रुपैयाँ झिकेर रावत १० महिनादेखि फरार रहेको भनेर ठगी मुद्दामा जाहेरी पर्ने वितिकै खोजतलास शुरु गरिएको थियो।  डिएसपी रिजालले भने, ‘खोजतलासका लागि महानगरीय प्रहरी वृत्त सिंहदरवार काठमाडौं र जिल्ला प्रहरी कार्यालय जुम्लाको टोली खटिएको थियो।’ पक्राउ परेका भिमबहादुर सडक आयोजनाको सचिव थिए। 

स्थानीयले आयोजनाको रकम झिकेर फरार रावतलाई तत्काल खोजतलास गरि असुल उपर गर्न माग गरेका थिए। जनताको विकासका लागि आएको रकम दुरुपयोग गर्ने ठग भिमबहादुरलाई हदैसम्मको कारवाही गर्न माग गर्दै विकासमा सुशासन र पारदर्शिता ल्याउन आग्रह गरेका छन्। स्थानीयका अनुसार भिमबहादुर काम गरेको रकम झिकेर गाउँमा बितरण गर्ने भनेर सदरमुकाम खलंगा गएका थिए। तर उनी घर नफर्केर भागेका हुन्।  

अहिले ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंमा प्रहरीले नियन्त्रण गरेका फरार रावतलाई जुम्ला ल्याईपुर्याइएको छ। 

प्रकाशित: २२ माघ २०७५ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App