coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

लण्डन - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा  जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलको टोलीले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ८ बुँदे विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हो।

दुतावास मार्फत प्रधानमन्त्री प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा, निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने, ३३ किलो सुन काण्डका अभियुक्तलाई कारबाहीको दायरामा ल्याइनुपर्ने, वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको न्यायिक छानविन गर्नुपर्ने, संवैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजी गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुको लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गरिनु पर्ने लगायतको माग माग गरिएको छ ।

ज्ञापनपत्रको बोधार्थ काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि गरिएको छ । ज्ञापनपत्र बुझाउन वेलायतस्थित कांग्रेस सर्मथक नेता तथा कार्यकर्ता नेपाली दुतावास पुगेका थिए । यसै बीच कांग्रेस कार्यकर्ताले सोमवार बेल्जियमको नेपाली दुतावास मार्फत पनि प्रधानमन्त्री ओलीलाई बिरोधपत्र बुझाएका छन् ।

प्रकाशित: २२ माघ २०७५ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App