धादिङमा पेस्तोल सहित तीन जना पक्राउ

मङ्गलबार, २२ माघ २०७५, ११ : १५ सरिता श्रेष्ठ

धादिङ - जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली समेत बरामद भएको छ।

‘विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको थियो, डिएसपी महत्तोले भने, ‘सो स्थानमा ती युवाहरुको क्रियाकलाप शंकास्पद देखिएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार भेटाएका हौँ।’

घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप टोली परिचालन गरेको जनाएको छ। पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ। खेलकुद भइरहेको स्थानमा ती युवा पेस्तोल सहित किन गए र उनीहरुको विगत कस्तो थियो भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको डिएसपी महातोले बताए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad