८ वैशाख २०८१ शनिबार
समाज

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान प्रस्थान

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राती पाकिस्तान प्रस्थान गरेका छन।

नेपालको पुनर्निर्माण र पाकिस्तानको पुनर्निर्माणको सिकाइ आदान - प्रदान गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान गएका हुन। पाकिस्तानको इस्लामावाद र लाहोरमा रहँदा मन्त्रीहरु, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा पाकिस्तानले लिएको नीतिगत, कानूनी र व्यवहारिक पक्ष, त्यसमा आइपरेका चुनौती र समाधानका उपायबारे बुझ्ने छन। यस्तै पुनर्निर्माणबाट प्राप्त अनुभव तथा ज्ञानलाई विपद् व्यवस्थापन न्यूनीकरणमा कसरी प्रयोग गरिएको छ भन्ने बारे पनि जानकारी लिइने बताइएको छ।

पाकिस्तानमा सन् २००५ मा गएको भूकम्प पश्चात् स्थापना भएको भूकम्प पुनर्निर्माण प्राधिकरणलाई राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा हस्तान्तरण गरिएको थियो। पाकिस्तानले हाल राष्ट्रिय विपद् व्यवस्थापन कोषको स्थापनासहित विपद् व्यवस्थापनको दीर्घकालीन वित्तीय व्यवस्थापन कार्यलाई अघि बढाएको छ।

प्रकाशित: २२ माघ २०७५ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App