coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अबको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।

नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौंको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिनेछ। स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको कोइरालाले बताए।

विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यो व्यवस्था गर्न लागेको हो। स्थानीय क्षेत्रको सबै विषय केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम आवश्यक रहेको कोइरला बताउँछन्। कामपाले छनोट गरेको पाँच विषयवस्तुमध्ये कुनै एक विषय इच्छानुरूप विद्यालयले गर्न सक्छ। एक विषय १०० पूर्णाङ्कको हुनेछ।

हाल कामपामा ९१ सार्वजनिक र करीब ६ सय ४३ संस्थागत विद्यालय सञ्चालनमा छन्। तिनमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन्। निजी विद्यालयले जुन समयमा पनि विद्यार्थी भर्ना लिने गरेको र सार्वजनिक विद्यालयका हकमा हरेक वर्ष चैत १५ गतेअगावै विद्यालयको विज्ञापन गर्न नपाइने र वैशाख पहिलो साता अर्थात् नतिजा प्रकाशन भइसकेपछि मात्र भर्ना लिन पाउने नीतिका कारणले पछिल्लो समय सार्वजनिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको छ।

प्रकाशित: २२ माघ २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App