७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवा–नुवाकोट सीमा विवाद मिल्यो

रसुवा – रसुवा र नुवाकोटको सीमा विवाद समाधान भएको छ। रसुवाको कालिका गाउँपालिका–१ बाँदरे र नुवाकोटको किस्पाङ गाउँपालिकाको भूभागबारे लामो समयदेखि जारी विवाद साम्य भएको हो।

पहिले सामान्य रहेको उक्त विवाद स्थानीय तह अस्तित्वमा आएपछि झन् चर्किएको थियो। प्राकृतिक स्रोत, साधन प्रयोगका विषयमा भइरहेको विवाद वडा कार्यालयको पहलमा नक्साअनुसार सीमा पहिचान गरेपछि समाधान भएको कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङले जानकारी दिए।
‘दुवै जिल्लाका नापी कार्यालयका अमिन ल्याएर सिमाना पहिचान गरिएको छ,’ उनले भने, ‘अहिले विवाद समाधान भएको छ।’ नक्साअनुसार रसुवाका कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाको १५ मिटर नुवाकोटको भूभागमा परेको छ।

रसुवा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र बहादुर तामाङको रोहबरमा विवाद समाधान गरिएको बताइएको छ।

प्रकाशित: २२ माघ २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App