७ वैशाख २०८१ शुक्रबार
खेल

राजु र विजय अन्तिम आठमा

काठमाडौं – आयोजक किङ कम क्लबका राजु रायमाझी र विजय थापाको जोडी नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। पुरुष युगलमा राजु र विजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार विकको जोडीलाई २१–१७, २१–१८ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

भीमसेनगोलास्थित आउटडोर एकल कोर्टमा सोमबार आयोजकका केशव पौडेल र रञ्जित सिंहको जोडी पराजित भएको छ। पौडेल र सिंहको जोडी ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदिप महर्जन र भुवन श्रेष्ठको जोडीसँग २१–१०, २१–३ ले पराजित भएको हो।

यसै गरी अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफका निरञ्जन देवकोटा र विशाल तामाङको जोडीले आयोजकका ध्रुव लामा र नारायणविक्रम पाण्डेको जोडीलाई २१–१२ र २१–८ ले पराजित गर्‍यो। देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडीले पनि देवीनगर ब्याडमिन्टन क्लबका तुल्सी पुरी र खेम सुब्बाको जोडीबाट वाक ओभर प्राप्त गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।

प्रकाशित: २२ माघ २०७५ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App