८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वमन्त्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा, फनपार्क भाडमा दिँदा अनियमितता गरेको आरोप

काठमाडौं-  भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने सहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुयैयाँ विगो माग गरिएको छ। उनी सहित समाजकल्याण परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक टेकबहादुर गुरुङ, प्रमख सञ्चालक रविन्द्र गुरुङ, परिषदका तत्कालिन कोषाध्यक्ष रत्त गाहामगर, तत्कालिन निर्देशक मदन प्रसाद रिमाल, तत्कालिन उपनिर्देशक बलबहादुर स्वार, तत्कालिन कानूनी सल्लाहकार प्रेम सिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाइएको छ।

समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको अख्तियारले दावी गरेको छ। कोषको २०६९ भदौ २० को कार्य संचालन समितिको वैठकले रविन्द्र गुरुङ (वारेसकर्ता टेक बहादुर गुरुङ)लाई हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक पाँच लाख पचपन्न हजार (कर सहित) तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो।  फनपार्कको जग्गालाई  प्रतिरोपनी ९ हजार २५० रपैयाँमा भाडामा दिएको पाइएको छ ।

उनीहरुले टेण्डर प्रक्रिया विनै ठेक्का दिएको अख्तियारले जनाएको छ। सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी वा बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्ने हुन्छ। ठेक्का दिँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ वमोजिम वोलपत्र आव्हान गर्नु पर्नेमा वोलपत्र आव्हान नै नगरि अनियमितता गरेको अख्तियारले जनाएको छ।

प्रकाशित: २१ माघ २०७५ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App