इतिहास रचेकाे नेपाली टाेलीकाे स्वागत यस्ताे रह्याे (फाेटाे फिचर)

सोमबार, २१ माघ २०७५, १८ : ३७ नागरिक

काठमाडाैं - युएई विरुद्ध ऐतिहासिक एकदिवसीय र टी-२० श्रृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। नेपाली टोलीको स्वागतमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत थुप्रै खेल पदाधिकारी र सयौंको संख्यामा खेलप्रेमिहरुको उपस्थिती रहेको थियो। नेपाली टोलीको स्वागतार्थ रातो कार्पेट समेत विछ्याइएको थियो।

राखेपले प्रत्येक क्रिकेट खेलाडीलाई नगद पाँच लाख दिन सिफारिस गरेको छ। नेपाली खेलाडीले दिलाएको सफलताको सम्मान स्वरुप उनीहरुलाई जनही ५ लाख दिन मन्त्रालयमा सिफारिस गरिएको सदस्य सचिव विष्टले बताए। यस्तै राष्ट्रिय सभाका अध्यक्षले समेत क्रिकेट खेलाडीलाई जनही १० हजार प्रदान गरे। उनले खेलाडीको हौसला थप बढाउन उक्त रकम प्रदान गरेको बताए।

यसैबीच नेपालले प्राप्त गरेको सफलता सम्पूर्ण खेलाडीको सामूहिक प्रयासमा प्राप्त भएको नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन्। युवा खेलाडीले राम्राे प्रदर्शन गरेकाे बताउँदै उनले अागामी दिनमा अझै राम्राे खेल्नु पर्ने बताए।विमानस्थलमा सञ्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले धुर्मुस सुन्तलीले घोषणा गरेको अन्तर्राष्ट्रिय रंगशाला बन्नु खुसीको कुरा भएको बताए।

यस्तै प्रशिक्षक जगत टमाटाले नेपाली टोलीको सफलताले आफुलाई खुसी बनाएको प्रतिक्रिया दिए। उनले अब ट्वान्टी ट्वान्टी विश्वकपकालागि समेत तयारी सुरु गर्ने बताए। विश्वकप मुख्य चुनौति भएको बताउँदै उनले खेलाडीले राम्रो खेलेपनि केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले केही कुरामा सहयोग गरे ट्वान्टी ट्वान्टी विश्वकपका लागि समेत छनौट हुने बताए।
तस्बिरहरु : दिपेन्द्र/नागरिक














यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad