६ वैशाख २०८१ बिहीबार
अर्थ

बुटवल कृषि मेलामा १ सय २६ स्टल

बिरुवामा पानी खन्याएर कृषि मेलाको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल।

रुपन्देही- प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि बुटवलमा कृषि मेला सुरु भएको छ। मेलाको नारा बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने रहेको छ।

बुटवल उद्योग वाणिज्य संघले विशिष्टकृत मेलाको रुपमा आयोजना गर्दै आएको कृषि मेलालाई यो पटक भने प्रदेश सरकारले पनि सहकार्य गरेको हो। मेलाको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे। उनले प्रदेश ५ को विकासको पहिलो आधार कृषि भएको बताउँदै सरकारले यसलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारेको जानकारी दिए। ‘कृषि, त्यसपछि उद्योग र पर्यटन प्रदेश विकासको आधार हो’, मुख्यमन्त्री पोखरेलले भने। कृषिको व्यवसायिकीकरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्ने गरी कार्यक्रम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई नै मालिक बनाउने योजनाका साथ आफूहरुले कार्यक्रम ल्याएको बताइन्। उनले भनिन्, ‘कृषि क्षेत्रमा मन्त्रालयले धेरै कार्यक्रम ल्याएको छ,  किसानहरुलाई बढीभन्दा बढी सहभागी हुन आग्रह गर्छु।’

मेलामा १ सय २६ स्टल रहने उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले बताए।  आगामी मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषिकेन्द्रित प्रतियोगिता, अन्तरक्रिया गोष्ठी र सचेतनाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।

 

प्रकाशित: २१ माघ २०७५ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App