coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महानगरका साना गल्ली तस्करीका ‘रुट’

बरामद गरिएका तस्करीका कपडा। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवालगायत साना बाटा अहिले तस्करीको रुटमा परिणत भएको स्थानीयले बताएका छन्। प्रहरीले ग्रामीण भेगबाट तस्करीका सामना पक्राउ गर्न थालेकाे छ। यता तस्करहरुले समेत नयाँ तरिका अपनाउन थालेका छन्। उनीहरुले धान बोकेको ट्रक र टयाक्टरमा कपडा तस्कर गर्ने गरेको भेट्टिएको छ।

साता दिनभित्र सुरक्षाकर्मीले दुइटा बेग्लाबेग्लै घटनामा धान ओसार्ने टयाक्टर र ट्रकबाट करिब ७० लाख मूल्य बराबरको तस्करीका कपडा बरामद गरेको छ। पर्साको ठोरीबाट प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ। प्रारम्भिक मूल्यांकनमा उक्त कपडा २२ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको प्रतिवेदनमा छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मलबस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा बरामद भएको हो।

कुर्तासुरुवाल तीन सय चार सेट, कोट र पाइन्टका कपडा ६ सय मिटर, सर्टको कपडा तीन हजार दुई सय ८० मिटर, कुर्ताको कपडा दुई हजार ६० मिटर र साडी ८८ पिस १९ वटा पोकामा थियो। सीमावर्ती भारतीय बजार इनर्वासम्म ल्याइएका भारतीय कपडा तस्करले सीमा पार गराई निर्मलबस्तीसम्म पुर्याएर त्यसअगाडि धानको ट्रकमा हालेको हुनुपर्ने अनुमान गरिएको छ।

चितवनको माडी नगरपालिका वडा नम्बर २ ढिकुन घर भएका ट्रकधनी ऋषि सुवेदी, चालक प्रकाश दराई र सहचालक सुजन दराईलाई प्रहरीले ट्रकसहित पक्राउ गरेको पर्सा प्रहरी उपरीक्षक रेवती ढकालले बताए। यसअघि आइतबार सशस्त्र प्रहरी बलले पर्साको भीखमपुरबाट ४० लाख मूल्य बराबरको ५० बन्डल कपडा धानको ट्याकटरबाट बरामद गरेको थियो। धान लिएर वीरगन्ज आउँदै गरेको टयाक्टरलाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्दा कपडा निस्किएको थियो।

 

प्रकाशित: २१ माघ २०७५ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App