‘धुर्मुस सुन्तलीले रंगशाला बनाउन सक्ने, प्रधानमन्त्रीले बुढीगण्डकी विदेशीकाे जिम्मा लाउने?’

सोमबार, २१ माघ २०७५, १६ : १५ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो घोटाला भएको आरोप लगाएका छन्। 

सरकारविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शनअन्तर्गत सोमवार चितवनमा आयोजित वृहत् सभालाई सम्बोधन गर्दै नेता शर्माले बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई किन दिएको भनी प्रश्न गरे। तत्कालिन सरकारले जनताबाट पैसा उठाएर बुढीगण्डकी आफै बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गेजुवालाई सुनको किस्तीमा राखेजस्तो गरी दिएको उनको आरोप छ।

उनले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सक्ने तर जनताले विश्वास गरेको प्रधानमन्त्रीले बुढीगण्डकी छोडेर विदेशी कम्पनीलाई दिनु गलत रहेको बताए। 

‘आज महाकालीको पञ्चेश्वर परियोजना लामो समयदेखि भारतको हातमा छ, डिपिआर बनेको छैन। पश्चिम सेती परियोजना १७ वर्ष काम गरेको कम्पनीले होल्ड ग-यो। त्यसपछि ७ वर्ष चीनको अर्काे कम्पनीले होल्ड ग-यो। आज नबनिकन बसेको छ। तराईको हुलाकी राजमार्ग त्यही रुपमा बसेको छ। रोएर बसेका छन हाम्रो बाटो, गाउँघर बस्तीहरु। अनि हामीले ५ रुपैयाँ आफै उठाएर बनाउ बुढीगण्डकी भन्दैगर्दा चीनलाई किन सुम्पिएको?’ उनले प्रश्न गरे। 

यस्तो छ प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न 

‘यहाँ वाइडबडी, निजगढ भन्दा बढी ठूलो घोटाला भएको छ। तपाईहरु आफ्नो  कर्ममा जाँदै गर्दा मोटरसाइकल पेट्रोल वा गाडीमा डिजेल हाल्दै गर्दा तपाईहरुले खरिद गरेको पेट्रोल डिजेलको प्रतिलिटर ५ रुपैयाँका दरले सरकारले उठाइरहेको छ। हाम्रो पालादेखि उठ्दै आइरहेको छ, ५ रुपैयाँको दरले किन पैसा उठाइँदैछ भन्दा त्यो बुढीगण्डकी हामी आफ्नै पैसाले बनाउने। नेपालले आफै बुढीगण्डकी बनाउने भनेर प्रक्रिया अगाडि बढाउने, अरबौं रुपैयाँ नेपाली जनताले तिरेर भेला हुने, अनि एक दिन विहान जुरुक्क उठेर कमरेड केपी ओलीले चिनियाँ कम्पनी गेजुवालाई सुनको किस्तीमा राखेर दिएजस्तो गरी भन्नुभो, लौ बुढीगण्डकी लिएर जाउ। बुढीगण्डकी बुढाले यसरी किन सुम्पिए, ए एमाले–माओवादीका साथीहरु प्रश्न गर्नुपर्दैन, तपाईहरुले पनि तिर्नुभएको छ ५ रुपैयाँ। के तपाईलाई लाग्दैन नेपालीको देश, नेपाली मनबाट बनाउन सकिन्छ। आजको घडी यस्तो घडी थियो, इतिहासको सुन्दर घडी कि हरेक नेपालीले आउ, घाँस काटेर लगानी गरेर देश बनाऔं। विदेशमा बसेका नेपालीलाई अपिल गरौं, थोरै मन पठाइदेउ, थोरै धन पठाइदेउ, हामी नेपाली देश बनाउन चाहन्छौं। आज महाकालीको पञ्चेश्वर परियोजना भारतको हातमा छ, डिपिआर बनेको छैन। पश्चिम सेती परियोजना १७ वर्ष काम गरेको कम्पनीले होल्ड ग-यो। त्यसपछि ७ वर्ष चीनको अर्काे कम्पनीले होल्ड ग-यो। आज नबनिकन बसेको छ। तराईको हुलाकी राजमार्ग त्यही रुपमा बसेको छ। रोएर बसेका छन हाम्रो बाटो, गाउँघर बस्तीहरु। अनि हामीले ५ रुपैयाँ आफै उठाएर बनाउ बुढीगण्डकी भन्दैगर्दा चीनलाई किन सुम्पिएको? सुम्पिँदै गर्दा प्रश्न गर्ने ताकत किन राख्न सक्नुहुन्न् एमाले माओवादीका साथीहरु। 

यस्तो बेला सबैको मनलाई गाँसेर, देशदुनियाँ अपिल गरेर, विदेशलाई अपिल गरेर रंगशाला अन्तर्राष्ट्रियस्तरको बनाउन सक्छौं भनेर धर्मुस सुन्तलीले परिकल्पना गर्न सक्ने, अनि जनताले विश्वास गरेको प्रधानमन्त्रीले बुढीगण्डकी परियोजना छोडिदिने? सिक्नुस धर्मुस र सुन्तलीसँग। सलाम र सम्मान गर्न चाहन्छु। कांग्रेस पार्टीको साथ समर्थन रहेको÷रहने धुर्मुस सन्तुलीको परियोजनामा लाग्न आग्रह गर्न चाहन्छु। प्रधानमन्त्रीलाई कसैले प्रश्न गरेन। धुर्मुसले राष्ट्रिय सभागृहको कार्यक्रममा उपस्थित भएर बोलिदिनुप¥यो भन्ने आग्रह गर्नुभएको थियो। व्यस्तताका कारण आउन पाइनँ। म आएको उठेर प्रश्न गर्ने थिएँ, कमरेड ओलीजी तपाई झापाको, धुर्मुस झापाको र तपाईलाई प्रश्न गर्न उभिएको विश्वप्रकाश पनि झापाको। म तपाईलाई प्रश्न गर्न चाहन्छु, धुर्मुस सुन्तली दुनियाँका सारा नेपालीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय गुहारेर अन्तर्राष्ट्रिय रंगशाला बनाउँछौं भनेर तपाईलाई साथ दिन उभिएका छन्। तपाईले ५ रुपैयाँ उठाएर नेपालीले अर्बाै भेला गरेको बुढीगण्डकी परियोजना किन दिनुभयो विदेशको कुनै कम्पनीलाई? म यहीँ मञ्चबाट यो प्रश्न दोहो-याउन चाहन्छु।  







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad