८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

देश गृहयुद्धमा जान सक्छ : राष्ट्रपति मदुरो

तस्बिर : एजेन्सी

कराकस - भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले स्पेनको एक टेलिभिजन अन्तरवार्ताका क्रममा सो धारणा राखेका हुन्। 'देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहन्छ।', उनले भने।

मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिए। राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा आलोचना समेत गरे। त्यसअघि विपक्षी नेता हुँवा गुइदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए।

गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रहरुको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताएका छन्। भेनेजुएलामा सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ। मदुरोले आफू नै निर्वाचित राष्ट्रपति भएको बताएका छन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ।

प्रकाशित: २१ माघ २०७५ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App