८ वैशाख २०८१ शनिबार
राजनीति

देशैभरी कांग्रेसको प्रदर्शन सुरु

चितवनमा प्रदर्शन गर्दै कांग्रेस कार्यकता । तस्बिर : सविता श्रेष्ठ / नागरिक

काठमाडौं–कांग्रेसले देशभरि गर्ने भनेको सरकारविरुद्धको प्रदर्शन सुरु भएको छ । देशका प्रमुख सहरहरूमा हुने विरोधसभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

चितवनस्थित नागरिक संवाददाता सविता श्रेष्ठका अनुसार भरतपुरमा कांग्रेसको विरोध जुलुस सुरु भइसकेको छ । उक्त सभालाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । चितवनको सभा देशभरिको गरिने प्रदर्शनमध्येको ठूलो हुने कांग्रेसले जनाएको छ।

पोखरा, बुटवल, वीरगन्ज, नेपालगन्ज, विराटनगरलगायत सहर मा पनि विरोधसभा सुरु भइसकेको छ । ती सभालाई समेत पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चिकित्सा शिक्षा विधेयक, भ्रष्टाचार, वाइड बडी प्रकरणलगायत विषयलाई कांग्रेसले प्रदर्शनको एजेन्डा बनाएको छ।

चितवनमा प्रदर्शन गर्दै कांग्रेस कार्यकता ।  तस्बिर : सविता श्रेष्ठ / नागरिक

प्रकाशित: २१ माघ २०७५ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App