coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २० खेलाडीले भाग लिएका छन्। 

ललितपुरको गोदावरी नगरपालिका–११ बज्रबाराहीमा शुक्रबारबाट दुईदिनसम्म चलेको यो प्रतियोगितामा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता भएको थियो। शनिबार भएका फाइनल खेलमा पुरुषतर्फ २५ केजी तौल समूहमा टिकाभैरव डोजोका अमृत नगरकोटी प्रथम, धापाखेल डोजोका रमित महर्जन दोस्रो, नुवाकोट डोजोका कञ्चन मगर तेस्रो र बुरुन्चुली डोजोका सुरेश तामाङले चौथो स्थान हासिल गरेका छन्। त्यस्तै पुरुषतर्फ ३० केजी तौल समूहमा दाबा स्याङ्तानले प्रथम, कार्साङ स्याङ्तानले दोस्रो, चन्द्रबहादुर घिसिङले तेस्रो र अभिषेक कपालीले चौथो स्थान हासिल गरेका छन्। यी चारै जना बज्रबाराही डोजोका खेलाडी हुन्।

३५ केजी तौल समूहमा पुरुषतर्फ विवेक थापा प्रथम, त्रिलोक ब्लोन दोस्रो, विशाल मार्फा तामाङ तेस्रो र सुजन तामाङ चौथो भए। प्रथम, दोस्रो र चौथौ स्थान हासिल गर्ने बज्रबाराही डोजोका हुन् भने तेस्रो स्थान हासिल गर्ने विशाल टिकाभैरव डोजोका हुन्। महिलातर्फ ३५ केजी तौल समूहमा धापाखेल डोजोकी रेखा गुप्ता प्रथम, टिकाभैरव डोजोकी सलोनी नगरकोटी दोस्रो, बज्रबाराही डोजोका सगुन देसार तेस्रो तथा टिकाभैरव डोजोकी निरमाया तामाङ चौथो भए।

पुरुषतर्फ ४५ केजी तौल समूहमा टिकाभैरव डोजोका सुदीप मगर प्रथम, वीरगन्ज डोजोका कृष्ण पटेल दोस्रो, बज्रबाराही डोजोका अनन्त गोपाली तेस्रो तथा टिकाभैरव डोजाका राम सिलवाल चौथो भए। त्यस्तै, पुरुषतर्फ ५५ केजी तौल समूहमा एपीएफका अजित महर्जन प्रथम, बज्रबाराहीका सञ्जु तामाङ दोस्रो, धापाखेलका येमराज बास्तोला तेस्रो र बुरुन्चुलीका हिमाल राई चौथो भए। महिलातर्फ खुला तौल समूहमा सातदोवाटो डोजोकी सिवानी श्रेष्ठ प्रथम, एपएफकी अम्बिका भुजेल दोस्रो, बज्रबाराहीकी सुनिता थिङ तेस्रो तथा बज्रबाराहीकै अञ्जना थोकर चौथो भए। पुरुषतर्फ खुला तौल समूहमा सातदोवाटो डोजोका राज कुचिकार प्रथम, एपीएफका सुजन देउला दोस्रो, टोखा डोजोका व्यञ्जु गुरुङ तेस्रो तथा सातदोवाटोका गणेश लामा चौथो भए।  प्रतियोगिताको समापन समारोहमा कराते तथा  विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १२ व्यक्तित्वलाई सम्मान पनि गरियो। सम्मानित हुनेमा क्युकोशिन करातेमा योगदान दिएका कृष्णहरि थापा, प्रकाश देसार वाग्ले, करातेमा राष्ट्रिय च्याम्पियन तथा  क्योकुशिन करातेका राष्ट्रिय अध्यक्ष राजकुमार श्रेष्ठ र करातेमा योगदान दिएका सविन श्रेष्ठ र किसोर दर्शन छन् ।

प्रकाशित: २१ माघ २०७५ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App