coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पाँंचतले मन्दिरसँगैको भैरवनाथमा गजुर प्रतिष्ठापन

भक्तपुरको पाँंचतल्ले मन्दिर टौमढीमा रहेको प्रसिद्ध पाँंचतल्ले मन्दिरसँंग रहेको भैरब मन्दिर जिर्णाेद्धारको क्रममा शनिबार छानामा गजुर प्रतिष्ठान गरिंदै।

भक्तपुर –  भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरसँगैको अग्लो प्रसिद्ध भैरवनाथ मन्दिरमा शनिबार गजुर प्रतिष्ठापन गरिएको छ। पाँचतले मन्दिरको दक्षिणपूर्वमा रहेको पाँचतले मन्दिर जतिकै ठूलो र अग्लो तीनतले मन्दिरको जिर्णोद्धारको क्रममा छानामा गजुर प्रतिष्ठापन गरिएको हो।

भक्तपुर नगरपालिकाले गएको बैशाखदेखि मन्दिर जिर्णाेद्धार सुरु गरेको थियो। मन्दिर जिर्णाेद्धारको क्रम अहिले माथिल्लो तला/छानामा पुगेको छ। छानामा फ्ल्याक हाल्न सकाई गजुर प्रतिष्ठापन गरिएको हो।

मन्दिर भक्तपुर नगरपालिका वडा नं ५ टौमढीमा पर्छ। उक्त वडाका वडा अध्यक्ष रामगोपाल कर्माचार्यले मन्दिर आउने चैत वैशाख महिनाभित्र सकाउने योजना रहेको जनाए। अहिले मन्दिरको अन्तिम तलामा काम भइरहेको उनले सुनाए।
मन्दिर जिर्णाेद्धारका लागि यसअघि स्थानीय न्हुछेेंराम भेलेको संयोजकत्वमा ११ सदस्यीय भैरबनाथ मन्दिर मर्मत कार्ययोजना समिति पनि गठन गरिएको थियो। साथै स्थानीय लक्ष्मीभक्त चवालको संयोजकत्वमा पाँंच सदस्यीय अनुगमन तथा सहजीकरण समिति पनि गठन गरिएको थियो।

पाँंचतल्ले मन्दिर जस्तै ठूलो अनि अग्लो ऐतिहासिक कलाकौशलयुक्त मन्दिर भएकाले इन्जिनियरहरुको टोलीले यसअघि जिर्णाेद्धार कि पुननिर्माण गर्ने भन्ने विषयमा छलफल गरेको थियो। विज्ञसँंगको लामो छलफलपछि जिर्णाेद्धार मात्रै गरिएको हो। २०७२ वैशाखको भूकम्पले मन्दिरको माथिल्लो तल्लामा क्षति पुगेको थियो। क्षति पुगेको भए पनि मन्दिर ढलेको थिएन। बाहिरबाट हेर्दा मन्दिर केही नभएको जस्तै गरी जस्ताको तस्तै नै देखिन्छ।

‘इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले इतिहासमा यो मन्दिर एक तल्ला मात्र भएको र मध्यकालमा दुई तल्ला थपेर तीन तल्ले बनाइएको जनाए। एक हजार चार सय वर्ष अगाडि नै यो मन्दिर निर्माण भइसकेको ऐतिहासिक प्रमाणहरु भेटिएको छ ।’


जीर्णाेद्धार कार्यमा विज्ञहरुको सल्लाह अनुसार स्थानीय सीप, प्रविधि र साधन प्रयोग गरी मन्दिर जिर्णाेद्धार कार्य अगाडि वढाइरहेको छ। पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की, संरक्षणविद् प्रा. सुदर्शनराज तिवारी, प्रा. डा. मोहनमूर्ति पन्तलगायतले परम्परागत शैलीको निर्माण कार्यमा संलग्न अनुभवी र दक्ष डकर्मी, सिकर्मी, र लोहकर्मीहरुको पनि विचार संकलन गर्नुपर्ने सुझाव अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ। छलफलको क्रममा संरक्षणविद सूर्यभक्त सांगाछें, प्रा. डा. प्रेमनाथ मास्के, डा. मन्जिप शाक्यलगायतसँंग विभिन्न चरणमा छलफल भएको थियो।

इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले इतिहासमा यो मन्दिर एक तल्ला मात्र भएको र मध्यकालमा दुई तल्ला थपेर तीन तल्ले बनाइएको जनाए। एक हजार चार सय वर्ष अगाडि नै यो मन्दिर निर्माण भइसकेको ऐतिहासिक प्रमाणहरु भेटिएको जानकारी गराउँदै उनले भैरवनाथको मन्दिर विस्केट जात्रासंग जोडिएको जनाए।  
यसअघि २०५२ सालमा मन्दिर जीर्णाेद्धार गरिएको थियो। समयमै जीर्णोद्धार गरेकोले भूकम्पबाट ठूलो क्षति नपुगेको विज्ञहरुको भनाई छ।

अन्य मन्दिर भन्दा यो मन्दिरको छुटै विशेषताहरु छन्। यो मन्दिरमा एउटै मात्रै गजुर नभई वीचमा एउटा ठूलो र दुई छेउमा तीनतीन वटा गरी सात वटा गजुरहरु छन्।

प्रकाशित: २१ माघ २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App