८ वैशाख २०८१ शनिबार
समाज

रड खस्दा वडा सदस्यको मृत्यु

काभ्रे – महाभारत गाउँपालिका वडा नं ४ का वडा सदस्य देवीबहादुर ठाडामगरको उपचारका क्रममा सोमबार मृत्यु भएको छ।
सदरमुकाम धुलिखेल छिर्ने सरस्वती बजारस्थित निर्माणाधीन घरबाट रड(डण्डी) खस्दा आइतबार घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो। आइतबार सरकारी कार्यालयको काम लिएर पैदलै अड्डाबजारतर्फ लागेका वडा सदस्य मगरलाई  धुलिखेल–७ का सुवर्णकाजी श्रेष्ठले बनाउँदै गरेको घरबाट डण्डी खसेर लागेको थियो। ठेकेदार कृष्णराम अवालले सो घर निर्माणको ठेक्का लिएका थिए। तेस्रो तल्ला ढलानका लागि कामदारहरुले डण्डी बाँध्ने क्रममा डण्डी खसेर मगरको टाउकोमा बजारिएको स्थानीय प्रत्यक्षदर्शीले बताए। चोटलगत्तै मगर बेहास भएर सडकमा ढलेपछि उनलाई  उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो।

धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि मगरलाई काठमाडौंको नर्भिक रेफर गरिएको थियो। उपचारकै क्रममा सोमबार विहान मगरको मृत्यु भएको काभ्रेका एसपी रविराज खड्काले बताएका छन। ५५ वर्षिय ठाडामगर महाभारत–४ मा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा विजयी भएका थिए। प्रहरीले घटनास्थलबाट दुई जना कामदारहरुलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २१ माघ २०७५ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App