१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी

काठमाडौं – नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ। तर, महाप्रबन्धक बनाउने विषयमा कुरा नभएको मन्त्री अधिकारीले बताए। हालका महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकाल जेठसम्म छ। सुरुमा वरिष्ठ क्याप्टेनको रुपमा नियुक्ति गरेर कंसाकारको कार्यकाल सकिएसँगै लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी भएको स्रोतले बतायो ।

यसअघि कार्यकारी पदमा महाप्रबन्धक कंसाकार थिए। सरकारले गत भदौ अन्तिममा कार्यकारी अध्यक्षको रुपमा मदन खरेललाई नियुक्त गरेको छ। यसपछि महाप्रबन्धक पद नाममात्रैको भएको छ। तर, सरकारले लिम्बूलाई महाप्रबन्धक बनाएर सीमित अधिकार दिने तयारी गरेको बुझिएको छ ।

यसअघि पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मा हुँदा कार्यकारी अध्यक्षमा कंसाकार र महाप्रबन्धकमा लिम्बू थिए। दुवैको विवादले निगम धराशयी भएपछि मन्त्री विश्वकर्माले कार्यकारी अध्यक्ष कंसाकार र महाप्रबन्धक लिम्बूलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर हटाएका थिए ।

प्रकाशित: २१ माघ २०७५ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App