७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिनियाँ नाका खुले पूर्वाधार निर्माण सहज

काडमाडौं – अर्थमन्त्री युवराज खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा चिनियाँ राजदूत हौ यान्कीसँगको भेटमा अर्थमन्त्री खतिवडाले मुलुक संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकाले उत्तरी सीमाका नाका सञ्चालनमा आए पूर्वाधार निर्माणमा सहज हुने बताए।

उनले भारत र चीन जोड्ने नेपालको छोटो मार्ग मुस्ताङको कोरला नाकामा चीनतर्फका व्यापारिक संरचना निर्माण भइसकेको भए पनि नेपालतर्फ बाँकी नै रहेको स्मरण गराए। उनले यो नाका जतिछिटो सञ्चालनमा आयो, त्यतिकै त्रिदेशीय व्यापारमा सहज हुने बताए। मन्त्री खतिवडाले दुई देशबीच हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिँदै व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको बताए।

भेटमा चिनियाँ राजदूत हौ यान्कीले वर्तमान सरकार बहुमतसहितको स्थिर सरकार भएकाले दुवै देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै पारस्परिक हित अभिवृद्धिबाट आगामी दुई–तीन वर्षको अवधिमा नेपालमा विकासले गति लिने विश्वास व्यक्त गरिन्। राजदूत यान्कीले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्तिलाई सघाउने प्रतिबद्धता समेत व्यक्त गर्दै दुवै देशले एकापसमा नजिकबाट सहकार्य गर्न चाहेको धारणा राखिन्। उनले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उक्त सम्मेलनमा धेरै भन्दा धेरै चीनीयाँ लगानीकर्ताहरुलाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन्।

प्रकाशित: २१ माघ २०७५ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App