४ वैशाख २०८१ मंगलबार
समाज

साझा सहकारीका पाँच कर्मचारी निलम्बित

काठमाडौं – साझा स्वास्थ्य सहकारीमा भएको आर्थिक अनियमिता सार्वजनिक भएपछि व्यवस्थापन पक्षले अनियमतामा संलग्न पाँच कर्मचारीलाई निलम्बन गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनका आधारमाउनीहरूलाई निलम्बन गरिएको हो। निलम्बनमा पर्ने कर्मचारीहरूमा नीरप्रासद काफ्ले, बाबुराम भण्डारी, आशुतोष अधिकारी, गजेन्द्र कार्की र कृष्ण शिवाकोटी छन्।

सर्वसाधारणलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन साझा स्वास्थ्य सहकारीले विभिन्न सरकारी अस्पतालमा काउन्टर खोल्दै आएको छ। त्यस्ता काउन्टरहरूमा औषधि बिक्री–वितरणमा ठूलो रकमबराबर अनियमिता भएको केन्द्रले तयार गरेको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा महाराजगन्जको काउन्टरलगायत केही काउन्टरमा साझाका कर्मचारीहरूले औषधि नै गायब गरेको जनाएको छ।

यसैगरी औषधि तथा सर्जिकल सामानहरू खरिद–बिक्रीमा भ्रष्टाचार र अनियमितता हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा जनाइएको छ। साझा सहकारीका महाप्रबन्धक शंकर ढकालले आर्थिक अनियमिताको आरोप लागेका पाँच कर्मचारीलाई निलम्बन गरिएको जानकारी गराए। २०२१ सालमा स्थापना भएको साझा सहकारीमा राष्ट्रिय सहकारी विकास बोर्डको ६५ प्रतिशत सेयर लगानी रहनेको छ।

प्रकाशित: २१ माघ २०७५ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App