coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

साहूको ऋणमा थिचिएको जीवन । मर्ने इच्छा छैन ।

नुवाकोट । काठमाण्डौ देखि नजिकै पर्छ । यहाँ सडक पनि पुगेको छ । यि सडक गर्मीमा धुलो र वर्षातमा हिलोमा भासिने । यस्तै सडक पार गर्दै बेलकोटगडी नगरपालिका पुगियो । बेलकोट नगरपालिकामा पुग्दा दृष्यहरू सोचे भन्दा फरक थियो । बेलकोटका किशोरी, युवती र महिलाहरूको फरक अवस्थ थियो । 
नुवाकोटको बेलकोटगडी नगरपालिका २ र ३ का गाँउहरुमा एक दिन बस्दा देखेका र महसुस गरेका पात्रहरुका पिडा भिडियोमा समेटिएका छन् । यि पात्रहरुलाइ प्रतिनिधीका रूपमा देखाएका हौ । स्थानिय निकाय गठन भएपछि स्थानिय सरकारले चाहेर पनि सोचे जस्तो काम गर्न नसकेको बाध्यता पोखेका थिए । गाँउघरमा धेरै किशोरी, युवती र महिलाहरु पिडा र ऋणमा गुम्सीएका छन् । जसको कुरा सुनीदिने पनि कोहि छैन । जो धेरै बाच्न चहान्छन् । जो साहुको ऋण तिर्न नसकेर शरिर साट्न चहादैनन् । जो भोट पछिको नोट होइन । अवसर खोजीरहेका छन् । घरमै बसेर केहि आय आर्जनको काम गर्न चहान्छन् तर बाटो देखाइने मान्छे पाइरहेका छैनन् । जसले गर्दा गाँउघरमा एउटा समूह मानसिक रोगले थलिरहेको छ । अवसर र पहिचानको लागि आफै भित्रको द्वन्द्वमा जलिरहेको छ ।

यस्तै सन्दर्भहरूलाइ समेटेर तयार पारिएको एक भिडियो रिपोर्ट । 
 

प्रकाशित: २१ माघ २०७५ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App