७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अब सरकारले प्रतिपक्षी कहाँ छ देख्छ’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले प्रतिपक्षीलाई निषेध गरेर अघि बढ्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गगनकुमार थापाले सोमबारदेखि प्रतिपक्षी कहाँ छ भनेर सरकारलाई देखाइदिने दाबी गरेका हुन्।

सरकारविरुद्ध सोमबार ७७वटै जिल्लामा विरोध प्रर्दशनको पूर्वसन्ध्यामा संसद्मा बैठल्दै थापाले भने, ‘प्रतिपक्षी देखिएन भन्ने सरकारले भोलि(सोमबार)देखि सडकबाट पनि सदनबाट पनि कहाँ छ भनेर देखाउँछौं।’ सरकारको गलत कामको सडक र संसद्बाट प्रतिवाद गर्ने जनाउँदै थापाले भने, ‘हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ, एउटा दुईवटा घटनाबाट त्यो बिर्सन सक्दैनौं। मनमा लिइराख्छौं। प्रतिपक्ष कस्तो हुनेरहेछ भनेर आश्चर्यचकित हुने पालो अब सरकारको।’

कांग्रेस नेताहरुको नाममा स्थापना भएका अस्पताल खारेज गर्ने निर्णय सच्याउन सरकारलाई वाध्य पारे जस्तै संवैधानिक परिषदमा भएको छलछाम चिकित्सा शिक्षा विधेयक वदनियतका साथ राखिएको प्वाल सच्याउन बाध्य पार्ने दाबी गरे। आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारलाई ‘देखाइदिएको’ मा व्यंग्य गर्दै उनले सरकार र सत्तारुढ पार्टीलाई बधाईं दिए। ‘भूमिहिनलाई भोग चलनको लागि जग्गा दिने र १० वर्षपछि उनीहरूलाई बेचविखनको लागि समेत अधिकार दिनेगरी कानुन बनाऔं भन्ने प्रस्तावमा दुईतिहाइ देख्न पाइएन, शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढाऔं भन्दा त्यहाँ दुईतिहाइ देख्न पाइएन,’ थापाले भने, ‘पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा रहेको कमरेड मनमोहनको लागि दुईतिहाइ देख्न पाइएन, कमरेड मार्सिमोहनका लागि दुईतिहाई देख्न पाइयो।’

पुष्पकमल दाहाल नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठान बनाऔं भन्ने कुरा अहिले संसद्मा आएर कानुन बनाउन मात्रै बाँकी रहेको उल्लेख गरे। सत्याग्ररी डाक्टरलाई उठाए पनि प्रधानमन्त्रीले आफ्नो विश्वास उठाउन नसकेको उनले जिकिर गरे।

प्रकाशित: २१ माघ २०७५ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App