१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल टेलिकमको सेवा चार दिनदेखि अबरुद्ध

नुवाकोट–रसुवा र नुवाकोटको १५ गाविसमा चार दिनदेखि नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको छ। टेलिकमको सेवा अबरुद्ध भएपछि १५ गाविसका करिब ५० हजार स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्। रसुवाको धैबुङ, लहरेपौवा, राम्चे, डाडागाउँ, ठुलोगाउँ, सरमथली, राम्चे, हाकु, भोर्ले र नुवाकोटको गेर्खु, तुप्चे, मनकामना, काउले, फिकुरी, भाल्चेलगायतका गाविस रहेका छन्।

नेपाल टेलिकमले भने नुवाकोटको फिकुरीमा रहेको टाबर स्टेशनमा खराबी आएकोले सेवा अबरुद्ध भएको जनाएको छ। टेलिकमको कार्यालयमा गएर सेवा अबरुद्ध भएको जानकारी गराएपनि टेलिकमले सेवा दिन नसकेको स्थानीयले बताए । टेलिफोन सेवा नभएकै कारण नुवाकोटको त्रिशुलीमा आफ्नो विदेश गएका श्रीमानलाई फोन गर्ने आएको रसुवा राम्चेकी बिकु लामाले बताइन् ।

चार दिन बित्यो टाबर नै छैन उनले भनिन, ‘टेलिकममा भन्यो बिग्रेको छ समय लाग्छ भन्छन्।’हामीलाई पहिलाको जस्तै एक कल फोन गर्ने टाबर खोज्दै त्रिशुली आउनु पर्ने बाध्यताले आफूहरु हैरान भएको उनले बताइन् ।

 

प्रकाशित: १९ आश्विन २०७३ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App