coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्मचारीको ट्रेड युनियन अधिकार संघमा मात्रै

काठमाडौ - सरकारले निजामती कर्मचारीको ट्रेड युनियन अधिकार संघमा मात्र राख्दै प्रदेश निजामती सेवा तथा स्थानीय सेवाको आधारभूत सिद्धान्त तथा मापदण्डसम्बन्धी ऐनको मस्यौदा तयार गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए। निजामती प्रशासन सम्बन्धी प्रदेश र स्थानीय तहमा एकरूपता ल्याउन संघीय सरकारले छुट्टै कानुन ल्याउन लागेको मन्त्रालयले जनाएको छ।

ऐन कार्यान्वयन भएमा ऐनले व्यवस्था गरेबमोजिम प्रदेश तथा स्थानीय सरकारहरूले निजामती प्रशासनसम्बन्धी आधारभूत सिद्धान्त पालना गर्नुपर्ने छ। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मस्यौदामा प्रदेश र स्थानीय तहमा कर्मचारीलाई ट्रेड युनियन अधिकार हटाइएको छ। संघको हकमा भने आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनका व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनाए। मन्त्रालय स्रोतका अनुसार प्रदेश र स्थानीय तहमा ट्रेड युनियन अधिकार हटाउनुपर्ने पक्षमा स्वयं सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित रहेका छन्। उनकै निर्देशनमा ऐनको मस्यौदामा प्रदेश र स्थानीय तहमा ट्रेड युनियन अधिकार हटाइएको मन्त्रालयका अर्का एक उच्च कर्मचारी बताउछन्। कर्मचारी नेताहरू भने  ट्रेड युनियन अधिकार तीन वटै तहमा दिनु पर्ने माग राख्दै सरकासँग लविङ गर्न थालेका छन्।

प्रदेश निजामती सेवा तथा स्थानीय सेवाको आधारभूत सिद्धान्त तथा मापदण्ड सम्बन्धी ऐनको मस्यौदा तयार

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले भने राज्यको उपस्थिति रहेको ठाउँमा ट्रेड युनियन अधिकार खोल्न पाउनु पर्ने बताए। उनले भने,‘प्रदेश र स्थानीय तहमा ट्रेड युनियन अधिकार नदिएमा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आफ्नो हक अधिकारका लागि सम्बन्धित सरकारसँग कसरी माग राख्ने, कसरी वार्ता गर्ने ?

पछिल्लो ओएनएम सर्भे रिपोर्टमा संघमा करिब ४८ हजार दरबन्दी कायम गरिएको छ। त्यसमध्ये करिब ४० कर्मचारी शाखा अधिकृत र शाखा अधिकृत मुनिका कर्मचारी हुने छन्। यसबाट करिव ४० हजार कर्मचारीको हकमा मात्र ट्रेड युनियन अधिकार रहने व्यवस्था गर्न लागेको स्रोतका भनाइ छ। ‘यस्तो गर्नु भनेको ट्रेड युनियन अधिकारलाई खुम्च्याउनु हो। लोकतन्त्रमा आफ्नो हक अधिकारका लागि संगठित हुने अधिकार सबैलाई छ,’ नेपाल निजामती कर्मचारी युनियन (संघ)का सचिव नवराज पाण्डले बताए।

प्रकाशित: २१ माघ २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App