चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

सोमबार, २१ माघ २०७५, ०७ : ३८ नागरिक

काठमाडाैँ - झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

बालकको मृत्यु भए लगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन्। मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन्।

आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्युभएपछि डाक्टर र नर्स भने भागेको पीडित पारिवारले जनाएको छ । मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकहरु समेत भाग्नुले गलत औषधि प्रयोग भएको दावी गरे। उनले भने,‘ जसकारण छोराको मृत्यु भएको हो।’

चिकित्सककै लापरबार्हीका कारण बालकको मृत्युभएको निष्कर्ष निकाल्दै परिवार तथा आफन्तले हस्पिटलमा तोडफोड गर्न थालेपछि तत्काल त्यहाँ प्रहरी पुगेको थियो। प्रहरीले घटनालाई साम्य पार्न हवाई फायर गर्नुका साथै केहि सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । अस्पतालमा परिसरमा आफन्तहरूकाे उपस्थिती रहेकाेले अहिले पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad