काठमाडौं–अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तीको विषयमा परेको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी काठमाडाैं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा रित्ताे हात फर्किएकाे छ।
बुधबार विहानै सर्वाेच्चकाे टाेली लाेकमानकाे निवास बानेश्वर हाइटमा पुगेकाे थियाे। घरमा म्याद टाँस्दा वडा सचिव राेहवरमा हुनुपर्ने कानुनी व्यवस्थाका कारण टाेली रित्ताे हात फर्कनु परेकाे हाे। सर्वाेच्चले वडा कार्यालयलाइ कार्कीकाे म्याद बुझाउन गएकाे खबर गरेपनि वडा सचिव कार्कीकाे घरमा जान तयार भइनन्। संविधान अनुसारकाे व्यवसथा पालना नहुने देखिएपछि सर्वाेच्चकाे टाेली अर्काे दिन जानेगरी फर्किएकाे हाे।
दसैं सुरु हुनैलाग्दा सर्वाेच्चले कार्कीकाे म्याद तामेलीकाे ताकेता गरेको छ। कार्कीको मुद्दामा यसअघि आदेश भएको म्याद बुधबार तामेली गर्ने हिसावले सर्वाेच्चले तामेलदार खटाइएको थियाे।
यसअघि पटक पटक म्याद तामेल गर्न खोज्दा कार्कीका परिवारले सम्बन्धित व्यक्ति नभएको भन्दै फर्काउँदै आएका थिए। तर बुधबार सर्वोच्च प्रशासनले जुनुसुकै अवस्थामा पनि म्याद तामेल गर्नेलक्ष्यका साथ लोकमानसिंह कार्कीको निवासमा पुगेको थियाे।
कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्न योग्यता नपुग्ने भन्दै अधिवक्ता ओमप्रकश अर्यालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। उनको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग नियुक्तीको फाइल मगाएको थियो भने लोकमानलाई पनि मुद्दामा उपस्थित हुन आदेश दिएको थियो। सर्वोच्चबाट आदेश आएको केही दिनम कार्की क्यानडा गएका थिए।
प्रकाशित: १९ आश्विन २०७३ ०५:४४ बुधबार