coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

भोजपुर - पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नु पर्ने बताएका छन्। मध्यपहाडि लोकमार्ग दौडाहमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले हिजोको पुस्ताले जे योगदान गर्यो अव नयाँ पुस्ताले विकास र समृद्धिको काम गर्नुपर्ने बताए। भोजपुरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले पुराना पुस्ताको योगदानलाई कदर गर्दै सरकारको नेतृत्व समेत दिइसकेको कारण अवको नयाँ पुस्ताले विकास र समृद्धिको काम गर्नुपर्नेमा जोड दिए।

मध्यपाहाडि लोकमार्ग अन्तरगतको अरुण गाउँपालिकाको लेगुवाबाट प्रवेश गरेका पूर्वप्रधानमन्त्री भट्टराईले विभिन्न स्थानमा भेटघाट ,छलफल र अन्तरक्रियामा  सहभागि भए। मध्यपहाडि लोकमार्ग अन्तरगत पूर्वप्रधानमन्त्री गाउँमा आउने भएपछि स्थानीय स्तरमा भेला भएका थिए। बाबुराम भट्टराईले जनतासंगको अन्तरक्रियासंगै भोजपुरको दश भन्दाबढी स्थानमा अन्तरक्रिया तथा भेलामा सहभागि भएका थिए। गाउँमा रहेका धेरैले आफ्ना गाउँठाउँका पीडादेखि राष्ट्रिय विषयमा सवाल उठाएका थिए। मध्यपहाडि अन्तरगतको करिब एक सय किलोमिटरको बीचमा रहेको प्याउली,तिवारिभञ्जाङ्ग, चयाग्रे, भोजपुर, देउराली, दावा र अन्नपूर्णमा कार्यक्रम भएको थियो। भेलामा सम्बोधन गरेका भट्टराईले सरकारको भनाई र गराइमा फरक हुननहुने बताए। सरकारले एकातिर लगानी भित्राउन पहलगर्ने अर्को तर्फ अन्तराष्ट्रिय सबन्ध कायमगर्न नसकेको भट्टराईको भनाइ थियो।

लोकमार्ग यात्रामा निस्किएका उनले मध्यपहाडि लोकमार्ग आफ्नो पहलमा बनेको भन्न भने छुटाएनन्। सहभागीले भट्टराईलाई बाटो विराएको आरोपदेखि गाउँमा बादर आतंकसम्मका विषय उठाएका थिए।

प्रकाशित: २० माघ २०७५ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App