प्रदेश १ को हिउँदे अधिवेशन सुरु

आइतबार, २० माघ २०७५, १८ : २८ राजु अधिकारी  | @rajuadhikari14

विराटनगर- प्रदेश १  संसद्को तेस्रो तथा हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ। प्रारम्भदेखि आम  चासोको विषय बन्दै आएको प्रदेशको नाम र स्थायी राजधानीको मुद्दा यही अधिवेशनले टुंगो लगाउँदछ। चालु  अधिवेशनबाटै संसदीय समितिहरुको  नेतृत्व पनि चयन हुँदैछ।

प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन आह्वान गर्दै संसद्लाई पठाएको पत्र वाचन गरेर सभामुख प्रदिपकुमार भण्डारीले अधिवेशनको औपचारिक सुरुवात गरेका थिए। पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताहरुले सदनलाई सम्बोधन गरेका छन्।

सत्तारुढ नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले सत्तारुढ दल संसद्का सबै दलसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘अहिलेसम्म संसद् र सरकार सहमतिकै आधारमा चलेको छ’, उनले भने ‘अबका दिनमा पनि त्यही अनुसार अघि बढिनेछ।’ प्रदेशको नाम र राजधानीदेखि अन्य सबै विषयमा सत्तारुढ दलले  विपक्षीहरुसँग सहमतिकै आधारमा टुंग्याउने उनको भनाइ थियो। उनी अघिका अन्य दलका वक्ताले नेकपाले दुई तिहाइ संख्याको अहंकार देखाउन नहुनेमा जोड दिएपछि उपनेता आङबुहाङले विपक्षीलाई आश्वस्त पारेका हुन्। सरकारले भने जसरी काम गर्न नसकेको भन्ने विपक्षी आरोपको भने उनले बचाउ गरेका थिए। ‘हामी बिल्कुल नयाँ अभ्यासमा छौं, यसमा कर्मचारी समायोजनदेखि राज्य पुनःसंरचनाका यावत काम बाँकी नै छन्’, उनको दाबी थियो ‘त्यसैले सरकारको कामले गति लिन नसकेजस्तो देखिएको हो। यो कुरा सबैले बुझ्नुपर्छ।’

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने संघीय र प्रदेश सरकारको गतिविधिले संघीयता नै खतरामा पर्दै गएको आरोप लगाए। ‘लामो आन्दोलनको उपलब्धिस्वरुप प्राप्त भएको संघीयता सरकारकै गतिविधिले गन्तव्य के हो भन्ने ठाउँमा पुगेको छ’ कोइरालाले भने ‘संघीयता कागजको नाउँ जस्तो भएको छ। जतिबेला पनि डुब्न सक्छ। दुई तिहाईको सरकारबाट जनताले उच्च अपेक्षा गरेका छन्। तर, सरकारको कामले त्यो अपेक्षा पूरा गरेन।’ प्रदेश सरकारले विपक्षीलाई ‘वाइपास’ गरेको भन्दै उनले आक्रोश पनि पोखे। ‘प्रदेशमा योजना आयोग बन्यो, हामीलाई सुइँको नै दिइएन’, उनले भने ‘दुई बजे सपथ छ आउनुस् भनेर एक बजे खबर आउँछ। फेरि अन्य विज्ञ नभएजसरी अधिकारकर्मीलाई योजना आयोगमा ल्याइएको छ।’ पहाडी जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा राहत बाँड्दा एकपक्षीय रुपमा बाँडेको आरोप पनि उनले लगाए। ‘सरकार दुई तिहाइको दम्भमा यसरी नलागोस्’, उनको कथन थियो ‘अब संक्रमण भनेर मात्रै छुट पाउने अवस्था छैन।’

संघीय समाजवादी फोरमका नेता जयराम यादवले मन्त्रीपरिषदलाई पूर्णता दिन र एक वर्षको प्रगति विवरण सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका थिए। काँग्रेसले संघीय संसद्मा गरेको अवरोधको विरोध गर्दै  यादवले भने ‘हिजो मधेशमा रगत बगिरहेको थियो। त्यसबेला काँग्रेससहितका दलहरुले बलपूर्वक संविधान जारी गर्न लागे। त्यो बेला काँग्रेसको समाजवाद कहाँ गएको थियो ? स्थानीय तहमा जनप्रतिनिधि विहीन २० वर्षमा भन्दा पछिल्लो डेढ वर्षमा धेरै विकास भएको उनको दाबी थियो। राप्रपाकी नेतृ इन्दिरा राईले पृथ्वीनारायण शाहको योगदानलाई भुल्न खोजेको भन्दै पुस २७ को बिदा यथावत राख्न माग गरिन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी  नेतृ विष्णु तुम्बाहाम्फेले प्रदेशको नामाकरण गर्दा पहिचान र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर लिम्बूवान वा किराँत –खम्बुवान राख्नुपर्ने माग राखिन्।

ससंद् चलिरहँदा परिसरबाहिर लिम्बुवानसहितका विभिन्न दलहरुले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad