६ वैशाख २०८१ बिहीबार
खेल

खुला हाफ म्याराथनको उपाधि आर्मीलाई

काठमाडौं– श्रीकृष्ण युवा परिषद्ले खुला हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको छ। २९ औं स्थापना दिवसको अवसर पारेर परिषदले खुला हाफ म्याराथनको आयोजना गरेको हो। 

२१ किलोमिटरको हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। नेपाली सेना, त्रिभुवन आर्मी क्लवका जर्सी नंं. ३०३ का कल्याण बानियाँ प्रथम, त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल (३०२) द्वितीय, त्रिभुवन क्लबकै राजन रोकाय (३०४) ले तृतीय स्थान हासिल गरेका थिए। 

यसैगरी उक्त हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका सन्तोष बिक्रम विष्ट (१७६) ले चौथो, आर्मी क्लबका जुनेश खड्का (१२९) ले पाँचौ स्थान र आर्मी क्लबकै नरेन्द्र सिंह रावत (३०१) ले छैठौं स्थान हासिल गरेका थिए। प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको विभागीय टिमबाट २८ जना सहित करिब ३ सयको उपस्थिति रहेको थियो। 

म्याराथनमा प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्नेलाई ट्रफीसहित क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। चौथो, पाँचौ र छैठौं स्थान हासिल गर्ने धावक सहभागीलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगदसहित सम्मान गरिएको श्रीकृष्ण युवा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी दिए।

काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर तीनकुनेबाट शुरु भएको म्याराथन कार्यक्रम कोटेश्वरबाट तीनकुने हुँदै नयाँ बानेश्वर–बबरमहल–थापाथली–कुपण्डोल–पुल्चोक–जावलाखेलबाट फेरि कुपण्डोल–थापाथली–त्रिपुरेश्वर–टेकु–कालीमाटी–कंलंकी–खसीबजार–वल्खु–एकान्तकुना–सातदोवाटो–बालकुमारी–कोटेश्वरचोक हुँदै पुनः कोटेश्वर तीनकुनेमा पुगी समापन भएको थियो।

प्रकाशित: २० माघ २०७५ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App