coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अर्जेन्टिना र ब्राजिलसहित ११ राष्ट्रलाई फिफाद्वारा कारबाही

ज्युरिक–विश्वको सर्वेाच्च फुटबल संस्था फिफाले रसियामा हुने विश्वकप सन् २०१८ अन्तर्गत छनोट चरणका खेल दौरान समर्थकले उशृंखल र भेदवाभपूर्ण कार्य गरेको भन्दै ११ राष्ट्रका फुटबल फेडरेशनलाई कारबाही गरेको छ। फिफाले मंगलबार ११ राष्ट्रका फुटबल फेडरेशनलाई जरिवानासहितको कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा विश्व फुटबलका शक्तिशाली दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र ब्राजिल समेत परेका छन्। त्यस्तै पेरु, चिली र प्याराग्वेसमेत कारबाहमिा परेका छन्। त्यस्तै युरोवपाट इटाली र अल्बानिया तथा मध्य तथा उत्तर अमेरिकाबाट होन्डुरस, एल साल्भाडोर ,मेक्सिको र क्यानडा समेत कारबाहीमा परेका छन्।

फिफाका अनुसार १० राष्ट्रलाई कारबाही स्वरुप जरिवाना मात्र तोकेको छ । चिलीलाई भने फिफाले जरिवानासहित विश्वकप छनोट चरणको खेल उसको राष्ट्रिय रंगशालमा खेल्न प्रतिबन्ध लगाएको छ ।

 

प्रकाशित: १९ आश्विन २०७३ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App