८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच वडामा १८ वटा क्रसर र बालुवा उद्योग

सुनकोसी नदीबाट उत्खनन् गरिँदै। तस्बिर : अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको सुनकोसी गाउँपालिकामा बालुवा उद्योगको नाममा जथाभावी उत्खनन् भइरहेको छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ वटा बालुवा तथा क्रसर उद्योग दर्ता भइ अत्याधिक दोहन भइरहेको हो। 

दर्ता भइ हाल सञ्चालनमा रहेका अधिकांश क्रसर तथा बालुवा उद्योग नियम विपतिर देखिएका छन्। राजमार्गबाट ३ सय देखि ५ सय मिटरको दुरीमा मात्रै क्रसर तथा बालुवा उद्योग सञ्चालन गर्न पाइने नेपाल सरकारको नियम रहेपनि सिन्धुलीका अधिकांश क्रसर नियम विपरित सञ्चालन हुँदै आएका छन्।

सुनकोसी गाउँपालिकामा सात वटा वडा रहेकामा राजमार्ग र सुनकोसी नदी तथा खोलालाई छुने पाँच ओटा वडामै १८ ओटा क्रसर दर्ता भइ सञ्चालन भएको छ। जथाभावी सुनकोसी नदी दोहन हुँदा पर्यटकिय राजमार्गको रुपमा परिचित विपी राजमार्ग समेत जोखिममा परेको छ।

राजमार्गबाट तीन सय मिटरको अन्तरालमा मात्रै क्रसर तथा बालुवा उद्योग सञ्चालन गर्नुपर्ने नियम भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ। तर, सिन्धुलीको सुनकोसी गाउँपालिकामा नेपाल सरकारको मन्त्रिपरिषद्को २०७०–३–२७ र २०७०–०५–१७ को निर्णय तथा क्रसर तथा बालुवा उद्योगको दुरी सम्बन्धि मापदण्ड २०७३ लाई लत्याउँदै व्यवसायीले जथाभावी उद्योग सञ्चालन गर्दै आएका छन्।

विपी राजमार्गको खुर्कोटदेखि नेपालथोकसम्म राजमार्ग र राजमार्गको पक्कि पुललाई समेत असर गर्ने गरि बालुवा प्रशोधन उद्योग सञ्चालनमा देखिएको छ। नियम अनुसार राजमार्गको पक्कि पुलबाट पाँच सय मिटरको दुरीमा मात्रै क्रसर तथा बालुवा उद्योग सञ्चालन गर्न पाउने नियम रहेको घरेलु तथा सना उद्योग विकास समिति सिन्धुलीका प्रमुख माघब काफ्लेले जानकारी दिए। उनका अनुसार सुनकोसी गाँउपालिका भरी १८ ओटा क्रसर तथा बालुवा प्रशोधन उद्योग छन् भने गोलञ्जोर गाउँपालिकामा १ र कमलामाई नगरपालिकामा १ ओटा बालुवा प्रशोधन उद्योग दर्ता भएका छन्।

दर्ता भएका धेरै सञ्चालनमै छ, उनले भने, केहि सञ्चालन प्रक्रियामा हुनसक्छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ ओटा दर्ता भइसकेको र अन्य केहि दर्ताको प्रक्रियामा रहेका छन्। दर्ता भई सञ्चालन प्रक्रियामा रहेका पनि नियम लत्याएर जथाभावी उत्खनन्मा लागेका हुन्।

घरेलु तथा सना उद्योग कार्यालयका अनुसार सुनकोसी गाउँपालिकामा सुनकोसी स्याण्ड वासिङ इण्डष्ट्रीज, साधी सुनकोसी बालुवा प्रशोधन उद्योग, चुन्यदेवी बालुवा प्रशोधन उद्योग, सुनकोसी स्टोन इण्डष्ट्रीज प्रा.लि, नमुना मित्र सुनकोसी रहेका छन्।

यस्तै सुनकोसी गाउँपालिकामै मुलकोट बालुवा उद्योग, सुनकोसी प्रतापेश्वर बालुवा उद्योग, जय तृष्णा कन्ट्रक्सन बालुवा प्रशोधन तथा सप्लायर्स प्रा.ली, कमलामाई बालुवा उद्योग, कुशेश्वर महादेव एग्रिगेट प्रा.ली, कमेरे बालुवा प्रशोधन उद्योग, कमलामाई बालुवा प्रशोधन उद्योग दर्ता भएका छन्।

त्यस्तै महाकाली सेन्ट रिफाइन्ड एण्ड कन्ट्रक्सन प्रा.ली, ओमबुद्ध बालुवा उद्योग, सुनकोसी वासिङ कम्पनी प्रा.ली, सुनकोसी बेनी कन्ट्रक्सन एण्ड बालुवा प्रशोधन प्रा.ली, सृष्टि एण्ड बालुवा उद्योग प्रा.ली, मिलन क्रसर उद्योग तथा कन्ट्रक्सन डेभल्पर प्रा.ली दर्ता भएको कार्यालय प्रमुख काफ्लले जानकारी दिए।

प्रकाशित: २० माघ २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App