coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

काठमाडाैं - नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम टी-२० खेल वर्षाले प्रभावित भएको छ। युएईमा हावाहुरीसँगै वर्षा भइरहेकाले खेल निर्धारित समयमै सुरु हुन सकेको छैन्। खेल नेपाली समय अनुसार पौने तीन बजेलाई तय गरिएको थियो। तर वर्षाका कारण खेल पूर्व निर्धारित समयमा सुरु हुन सकेन। मैदानमा अहिले सम्म वर्षा जारी छ।

बिहीबार पहिलो ट्वान्टी–२० खेलमा युएईलाई २१ रनको नतिजा सुम्पिएको नेपालले शुक्रबार ४ विकेटको जित हात पार्दै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको थियाे। दुवै खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे पनि शीर्ष क्रमका ब्याट्सम्यान चल्न नसक्नु नेपालका लागि टाउको दुखाइ बनेको छ। यसअघि सम्पन्न एकदिवसीय खेल भने नेपालले २-१ ले अाफ्नाे पक्षमा पारेकाे थियाे।

प्रकाशित: २० माघ २०७५ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App