coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाईल दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। 

शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन । दुर्घटनामा सोही ठाउँका प्रकाश क्षेत्री गम्भिर घाइते भएका छन। 

क्षेत्रीकोे अहिले बुटवल स्थित अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिए। मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणी तर्फ गईरहेको लु १५ प ६५९० नं.को मोटरसाइकलमा दुर्घटना भएको हो । दुर्घटना राती करिब १ बजे तिर भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: २० माघ २०७५ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App