४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

बिहारमा रेल दुर्घटना, ६ काे मृत्यु, दर्जनाैँ घाइते

तस्बिर : एजेन्सी

काठमाडाैँ - भारतको बिहारमा ठुलो रेल दुर्घटना भएको छ। आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो। 

दुर्घटना बैशाली भन्ने स्थानमा भएको भारतीयसंचारमाध्यम हरुले जनाएका छन्। दुर्घटना परी २४ जना घाइते समेत भएका छन्।

पूर्वमध्य रेलवेका अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको भारतीय संचारमाध्यमहरुलाई जानकारी दिएका छन्।  धेरै यात्रुहरु डिब्बामै फसेका छन्। उनीहरुको उद्धारकार्य जारी छ।

घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ। साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन्। रेल दुर्घटनाको कारण भने खुलेको छैन। मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनालाई लिएर दुःख ब्यक्त गरेका छन्।

प्रकाशित: २० माघ २०७५ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App