५ वैशाख २०८१ बुधबार
समाज

हिमपातले रोकियो हुम्लामा सडक निर्माण

हुम्ला– हुम्ला एक मात्र त्यस्तो जिल्ला हो जुन अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। यस्तो अवस्थामा पछिल्लो समय तीव्रता पाइरहेको कर्णाली करिडोरअन्तर्गत सडक निर्माण पनि भारी हिमपातका कारण रोकिएको छ। यही माघ ७ गते भएको हिमपातका कारण सडक निर्माण अवरुद्ध भएको हो।

आफ्नो जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिन लागेकामा खुसी भएका जिल्लावासी निराश भएका छन्। पुनः सडक निर्माणले तीव्रता पाउनेमा उनीहरूले शंका व्यक्त गर्न थालेका छन्।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत हुम्लाका विभिन्न स्थानमा सडक निर्माण तीव्र गतिमा भइरहेका बेला हिमपातले गर्दा सिमकोट–हिल्सा खण्डको च्याहारहरा र खार्पुछारे खण्डको याङचु कुनामा काम रोकिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर शशांक मिश्रले जानकारी दिए।    

प्रकाशित: २० माघ २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App