coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अरुणिमाकोे ३४ औं स्थापना दिवस

काठमाडौं – अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४ औं स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। सो अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व मिक्सु लामा र ठूलीमाया रिसाल, साहित्यकार विजय चालिसे र विद्यालयको सेवामा २० वर्षे बिताएका तेजप्रकाश ढुङगेललाई सम्मान गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीले राष्ट्रको विकासमा योगदान पुर्‍याएको अरुणिमाले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सक्ने अपेक्षा व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले अरुणिमा एक उत्कृष्ट शैक्षिक संस्थाहरूमा पर्न सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद व्यक्त गरे।

काठमाडांै आरुवारीमा २०४२ सालमा स्थापित गुठीका रुपमा सञ्चालित सो प्रतिष्ठानले अरुणिमा मावि, बौद्ध, नव अरुणिमा मावि, आरुवारी एवम् अरुणिमा शिशु सदन, महांकालको व्यवस्थापन गरिरहेको छ। कार्यक्रममा तीनै शैक्षिक संस्थाका विद्यार्थी, अभिभावकलगायतहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित: २० माघ २०७५ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App