१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वृद्धाश्रमलाई बेल्जियमवासी नेपालीको सहयोग

सर्लाही – बेल्जियममा कार्यरत नेपालीले सर्लाहीस्थित एक वृद्धाश्रमलाई नगद सहयोग गरेका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रमलाई १ लाख ५७ हजार ६५१ रुपैयाँ प्रदान गरेको हो।

शनिबार दिउँसो एक कार्यक्रमका बीच संघीय सांसद् तथा नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार रायले वृद्धाश्रमको खातामा नगद जम्मा गरेको बैंक भौचर वृद्धाश्रमका संस्थापक वासुदेवशरण कोइरालालाई हस्तान्तरण गरे। नगद हस्तान्तरण गर्दै पूर्वमन्त्रीसमेत रहेका रायले विदेशमा बगाएको पसिनाको रकम वृद्धाश्रमजस्तो संस्थालाई प्रदान गरेर नेपाली जनसम्पर्क समिति बेल्जियमले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे।

वृद्धाश्रम चलाउन आर्थिक अभाव भइरहेको खबर सुनेपछि केही साथीहरूसँग तत्काल सहयोग संकलन गरी रकम पठाइएको नेपाली जनसम्पर्क समितिका सदस्य बलिराम झाले जानकारी दिए। ‘तत्काललाई यति रकम संकलन गरेर पठाइएको हो,’ कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका झाले भने, ‘आगामी दिनमा निरन्तर वृद्धाश्रमलाई सहयोग जारी राख्ने छौं।’

प्रकाशित: २० माघ २०७५ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App