७ वैशाख २०८१ शुक्रबार
खेल

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

काठमाडौं – यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्। 

धनगढीको फाप्ला क्रिकेट मैदानमा माघ २६ गतेबाट हुने प्रतियोगितामा पहिलो दिन एक खेल हुनेछ भने अन्य दिन दुई खेल हुनेछन्।  प्रतियोगिताको दोस्रो दिन आइतबार पहिलो खेल महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच हुनेछ भने दिनको दोस्रो खेलमा सिवाइसी अत्तरियाले विराटनगरको सामना गर्नेछ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिता ट्वान्टी–२० फम्र्याटमा सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १९ खेल हुनेछ। लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूहचरणबाट शीर्ष ४ मा पर्ने टोली अर्को चरणमा प्रवेश गर्नेछन्। तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्।  पहिलो क्वालिफायरको विजेता सीधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तालिकाको तेस्रो र चौथो हुने टोलीबीचको एलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ।

यसअघि प्रतियोगिताका लागि सहभागी सबै टोलीले अक्सनबाट खेलाडी छनोट गरिसकेका छन्। डिपिएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५/१५ खेलाडी टोलीमा आबद्ध गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएको प्रतियोगिता फागुन ११ सम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० माघ २०७५ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App