नेपाल–युएई टी–२० सिरिज

निर्णायक खेलमा नेपाललाई इतिहास रच्ने अवसर

आइतबार, २० माघ २०७५, ०९ : ४८ नागरिक

काठमाडौं – युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार (आज) घरेलु टोलीविरुद्ध तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

एक साताअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै पहिलो पटक एकदिवसीय खेलको शृंखला जितेको नेपालसामु आज तेस्रो तथा अन्तिम ट्वान्टी–२० सिरिजमा युएईलाई पुनः एक पटक निराश पार्दै पहिलो पटक ट्वान्टी–२० शृंखला जित्ने सुवर्ण अवसर हुनेछ।

नेपालले हालसम्म २ ट्वान्टी–२० शृंखला खेलेपनि कुनै पनि शृंखला भिœयाउन सकेको छैन्। २०१४ मा श्रीलंकामा भएको हङकङविरुद्धको ४ खेलको ट्वान्टी–२० शृंखला नेपालले १–० ले गुमाएको थियो। सुरुआती तीन खेल वर्षाले रद्द भएको थियो भने अन्तिम खेलमा नेपाल २ विकेटले स्तब्ध भएको थियो। त्यस्तै २०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो। जहाँ सुरुआती तीन खेल गुमाएको नेपालले अन्तिम खेलमा सुखद नतिजा ल्याए पनि अन्ततः शृंखला  ३–१ ले गुमाएको थियो।

बिहीबार पहिलो ट्वान्टी–२० खेलमा युएईलाई २१ रनको नतिजा सुम्पिएको नेपालले शुक्रबार ४ विकेटको जित हात पार्दै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको थियो। दुवै खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे पनि शीर्ष क्रमका ब्याट्सम्यान चल्न नसक्नु नेपालका लागि टाउको दुखाइ बनेको छ।

पहिलो खेलमा युएईले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा मात्र १ सय ३७ रन जोड्न सक्यो। मध्यक्रममा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा डेब्यु गरेको सन्दीप जोराले अविजित ५३ रनको योगदान गर्दै नेपालको इनिङ उकासेका थिए। त्यस्तै शुक्रबार दोस्रो खेलमा पनि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका पवन सर्राफले उत्कृष्ट साझेदारी गरेपछि नेपालले ४ विकेटको जितका साथ शृंखला १–१ को बराबरीमा ल्याएको थियो।

यस क्रममा ओपनर प्रदीप ऐरी र उपकप्तान ज्ञानेन्द्र मल्लले दोहोरो अंकसमेत छुन सकेका छैनन्। पहिलो खेलमा गोल्डेन डकआउट भएका विकेटकिपर ब्याट्सम्यान प्रदीपले दोस्रो खेलमा पनि ८ रन मात्र जोड्न सके भने पहिलो खेलमा १० बल खेल्दै ७ रन जोडेका ज्ञानेन्द्र दोस्रो खेलमा पनि १३ बलमा ७ रन मात्र जोड्न सके।

यता पहिलो खेलमा २५ रन जोडेका पारस खड्का दोस्रो खेलमा रन खाता नखोल्दै पवेलियन फर्किएका थिए। दुवै खेलमा प्रदीप र पारस ओपनिङ जोडीका रूपमा आए पनि दुवै खेलमा पहिलो विकेटको साझेदारी केवल १ रनमा टुटेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad