८ वैशाख २०८१ शनिबार
अर्थ

जगशक्ति गोल्ड छड बजारमा

काठमाडौं – जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड एफई ५०० टिमएटी छड बजारमा ल्याएको छ। नयाँ उत्पादनको ब्रान्ड दूतमा कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

राजधानीमा बिहीबार एक कार्यक्रम गरी जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले नयाँ उत्पादन जगशक्ति गोल्ड टिएमटी बार सार्वजनिक गरे। जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिमेट्रिक टन बिक्रीबाट २० रुपैयाँ दुई वर्षसम्म उपलब्ध गराउने निर्देशक रुंगटाले जानकारी दिए।

जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दाबी गरेको छ। कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड एफई ५०० डी टिएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय रहेको बताए। ‘यो छडमा सल्फर र फस्फोरस जस्ता अशुद्ध तत्वलाई ०.०६ भन्दा कम गराइएको हुन्छ,’ उनले भने, ‘एफई ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन्।

यसलाई उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ। डी श्रेणीका छडहरू भूकम्प प्रतिरोधी र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन्।’  उनका अनुसार जगशक्ति टिएमटी गोल्ड निर्माण कार्यमा प्रयाग गर्दा कंक्रिटले अत्याधिक दबाब सहने क्षमता राख्ने र यो छड खिया प्रतिरोधी रहेको कम्पनीको दाबी छ। यो छडलाई पुल, बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत आयोजना जस्ता विभिन्न परियोजनामा प्रयाग गर्न सकिन्छ।

जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआई (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाइलका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन र जडान गर्दै आएको छ।

प्रकाशित: २० माघ २०७५ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App