coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तल्लो खारेको ७५ प्रतिशत काम सकियो

काठमाडौं – दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाकोे काम ७५ प्रतिशत सकिएको छ।

आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन, पावरहाउस तथा प्रसारण लाइन निर्माण गरिरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर अनुप थापाले बताए। ‘आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक, ग्राभेल, ट्र्याप, कनेक्टिङ क्यानल र डिस्यान्डर बेसिनको काम भइरहेको छ,’ उनले भने, ‘हेडवक्र्समा कनेक्टिङ क्यानल र फोरवेको निर्माण कार्य सम्पन्न भइसकेको छ।’

खोलाको पानी अन्डर स्लुइसबाट पठाएर बाँधको काम भइरहेको जानकारी उनले दिए। थापाका अनुसार आयोजनाको पेनस्टक पाइपतर्फ दुई हजार दुई सय मिटर पाइप जडान भइरहेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान गर्ने काम भइरहेको छ।

‘पाइप एब्रिकेसन गर्ने सबै काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘पावरहाउसको निर्माण कार्य गर्ने क्रममा मेसिन फाउन्डेसनको ढलान कार्य अन्तिम चरणमा पुगेको छ।’

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सबस्टेसनबाट रााष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। उक्त प्रसारण लाइनका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ भने सार्वजनिक जग्गा नेपाल सरकारकारबाट भाडामा लिन आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रोजेक्ट म्यानेजर थापाले बताए।

प्रसारण लाइनको जिम्मा पाएको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले १३२ केभी प्रसारण लाइनको निर्माणका लागि चेक सर्भे, टावर डिजाइन, फाउन्डेसन डिजाइन र माटो परीक्षणसमेत सम्पन्न गरी साइट मोबिलाइज भइसककेका छन्।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले दुई अर्ब चार करोड रुपैयाँ लाग्ने थापाले बताए। आयोजना निर्माण गर्न स्थानीले पूर्ण सहयोग गरेकाले आयोजना निर्माण एक दिन पनि अवरुद्ध नभएको थापाले बताए।

हाल यस आयोजनाले स्थानीयका लागि सिँचाइ, बाटो निर्माण, विद्यालय निर्माण लगायत विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गरिरहेको छ। यस आयोजनाबाट २०७६ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २० माघ २०७५ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App