coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'सम्पति शुद्धिकरणको जाखिम बढ्यो'

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले प्रविधिको प्रयोग बढेसँगै सम्पति शुद्धीकरणको जोखिम पनि बढेको बताएका छन्। उनले नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई)ले शुक्रबार आयोजना गरेको सम्पति शुद्धीकरण सम्मेलनमा यस्तो धारणा राखेका हुन्।

सम्मेलन उद्घाटन गभर्नर नेपालले गरेका थिए। सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गभर्नर नेपालले प्रविधिको प्रयोग बढेसँगै सम्पत्ति शुद्धीकरणको जोखिम पनि बढ्दै गएको र यस विषयमा सबै निकाय चनाखो भई अगाडि बढ्न आग्रह गरे।

उक्त सम्मेलनमा मुलुकभरबाट विभिन्न बैंकिङ तथा वित्तीय संस्थालगायत अन्य संस्थाका करिब एक सय २५ भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा बंगलादेश, अमेरिका, भारत लगायत मुलुकका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो। सम्मेलनमा सहभागिहरुले सम्पत्ती शुद्धीकरणको विषयमा आ–आफनो धारणा राखेका थिए।

प्रकाशित: २० माघ २०७५ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App