coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २÷२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र मट्टितेल ९७ रुपैयाँ पुगेको छ। 

इण्डियन आयल कर्पाेरेशनबाट मूल्य वृद्धिको नयाँ सूची अनुसार पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जनाएको छ। निगमका अनुसार एलपी ग्यासको मूल्य भने यथावत छ। 

मूल्यवृद्धिपछि निगमलाई मासिक २ अर्ब ३२ करोड नाफा हुने बताइएको छ। 

प्रकाशित: १९ माघ २०७५ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App